काठमाडौं, श्रावण ७ । इराकको राजधानी बग्दादमा गराइएको विष्फोटमा २० जनाको मृत्यु भएको छ ।
व्यस्त बजारमा विष्फोट गराईंदा थुप्रै व्यक्ति घाइते भएका छन् । शिया मुस्लिमहरुको वस्तीमा विष्फोट गराइएको हो । केही दिनअघि मात्र आईएसले यस्तै विष्फोट गराएको थियो ।
बितेको १६ महिनामा इराकमा १५ हजार मानिस मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया