मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाह्रवर्षे बालिका बलात्कार आरोपमा एक वृद्ध पक्राउ

बाह्रवर्षे बालिका बलात्कार आरोपमा एक वृद्ध पक्राउ


भक्तपुर । बालिका बलात्कार गरेको आरोपमा भक्तपुरमा सूर्यविनायक–५ बस्ने ७६ वर्षका बाबुकाजी बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
 
सूर्यविनायक नगरपालिका–४ कटुञ्जेस्थित गैह्रीगाउँमा डेरामा बस्दै आएकी १२ वर्षे बालिकालाई उनकै डेरामै गएर आइतबार साँझ बलात्कार गरेको आरोपमा बस्नेतलाई प्रहरीले महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरेको हो ।
 
आरोपित बस्नेतलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दिनेशकुमार भण्डारीले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षणका प्रसूतिगृह पठाएको प्रहरीले जनाएको छ । कटुञ्जेका स्थानीयवासीले आरोपित बस्नेतलाई कडा कारबाहीको माग गर्दै प्रहरी वृत्त थिमिमा घेराउ गरी कडा कारबाही गर्न माग गरेका छन् । रासस
 

शेयर गर्नुहोस:

0
Shares