मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेस संसदीय दलको बैठकमा ‘बहुलवाद’को पक्षमा उभिन सुझाव

काँग्रेस संसदीय दलको बैठकमा ‘बहुलवाद’को पक्षमा उभिन सुझाव


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको आजको संयुक्त बैठकमा बोल्ने अधिकांश सदस्यहरूले लोकतन्त्रको मूल्य मान्यतालाई संस्थागत गर्न बहुलवादको पक्षमा पार्टी स्पष्ट ढङ्गले उभिनुपर्ने सुझाव दिनुभएको छ ।
 
संविधानसभा भवन बानेश्वरमा चार दिनदेखि पार्टीको संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठक जारी छ । 
 
लामो प्रयासपछि संविधानको मस्यौदा ल्याउन सफल भएकामा प्रशन्नता व्यक्त गर्दै वक्ता सदस्यहरूले यो उपलब्धिलाई शान्ति र स्थायित्वसँग जोडेर लैजानुपर्छ भन्नुभयो ।
 
धर्मनिरपेक्षताको साटो धार्मिक स्वतन्त्रता कायम गरेर अघि बढ्नु उपयुक्त हुने सुझाव उहाँहरूले संविधानमा धार्मिक स्वतन्त्रताको विषयलाई समावेश गराउँदा यसले कसैलाई निषेध नगर्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।
 
समानुपातिक समावेशीताको मुद्दालाई अझ प्रभावकारी तुल्याउने काममा पार्टी नेतृत्वले धेरै नै ध्यान पु¥याउन आवश्यक रहेको कतिपय सदस्यहरूको भनाइ थियो । केही सदस्यले अदालतको आदेशले ल्याएको संवैधानिक समस्या र प्रदेशको नामाङ्कन र सीमाङ्कनको विषयलाई पनि टुङ्ग्याएर अघि बढ्दा राम्रो हुने धारणा अघि सार्नुभएको थियो ।
 
आजको बैठकमा बालकृष्ण खाँण, सीता गुरुङ, दीपक गिरीलगायत १६ जनाले संविधानको प्रारम्भिक मस्यौदामा केन्द्रित रहेर धारणा राख्नुभएको थियो ।
 
बैठकपछि पार्टी प्रवक्ता दीलेन्द्रप्रसाद बडूले बैठकमा बोल्ने अधिकांश सदस्यहरूले संविधानसभाबाट पूर्ण संविधान जारी हुने व्यवस्था मिलाउन तथा सङ्घीयताको विषयलाई टुङ्ग्याएरमात्र अघि बढ्दा आउन सक्ने चुनौतीकाबारे सुझाव प्रस्तुत गर्नुभएको जानकारी दिनुभयो । बैठक भोलि पनि जारी रहने छ । रासस