राजनीति-समाज

डिसेम्बर ६ मा ‘तेस्रो चितवन पिकनिक’ आयोजना : चितवनका टेक्ससवासीलाई चुल्है निम्तो

डिसेम्बर ६ मा ‘तेस्रो चितवन पिकनिक’ आयोजना : चितवनका टेक्ससवासीलाई चुल्है निम्तो


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

ग्रेपभाइन, टेक्सस । जन्मथलो नेपालको चितवनबाट कर्मथलो टेक्ससमा बसोबास गर्दै आएका चितवने दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकै ठाउँमा जोड्ने उद्देश्यले तेस्रो चितवन पिकनिक २०२६ आगामी डिसेम्बर ६, आइतबार आयोजना हुने भएको छ ।

पिकनिक कार्यक्रम ग्रेपभाइनस्थित Oak Grove Park (2700 Darren G. Medlin Trail, Grapevine, TX 76051) मा हुन लागेको हो।

Advertisement

चितवन नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्ला हो । चितवन राष्ट्रिय निकुञ्ज, एकसिंगे गैँडा, हात्ती तथा विविध वन्यजन्तुका कारण यो जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित छ । कृषि, पर्यटन र बहुसांस्कृतिक पहिचानले समृद्ध चितवनप्रतिको माया र अपनत्व प्रवासमा रहेका नेपालीहरूमा पनि उत्तिकै देखिन्छ ।

अमेरिकाको व्यस्त जीवनशैलीबाट केही समय विश्राम लिँदै आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, अनुभव साटासाट गर्ने र परिवारसहित रमाइलो समय बिताउने अवसरका रूपमा पिकनिकलाई लिइएको छ । यस्ता सामुदायिक जमघटले आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्नुका साथै नेपाली कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नसमेत मद्दत पुर्‍याउँछन् ।

प्रवासमा आफ्नो जन्मभूमिको पहिचानलाई जीवन्त राख्ने तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले नेपाली समुदायबीच आत्मीयता बढाउने अपेक्षा गरिएको छ ।

आयोजकले चितवनलाई माया गर्ने तथा टेक्सस र आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ, दिदीबहिनीलाई आफ्नो समय मिलाएर कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेका छन् । तेस्रो संस्करणको यस पिकनिकलाई सफल बनाउन चुल्है निम्तोका साथ सबैको सहभागिताका लागि आयोजकले आग्रह गरेका छन् ।