युलेस (टेक्सस) — नेपाली समाज टेक्सास (NST) र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको संयुक्त आयोजनामा बालबालिकाहरूका निम्ति जुलाइ तेस्रो सातादेखि सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्प सञ्चालन हुने भएको छ ।
अमेरिकामा बसोबास गर्ने नेपाली मूलका बालबालिकालाई भाषा, संस्कृति, आध्यात्मिकता, नेतृत्व तथा जीवनोपयोगी सीपसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको यो क्याम्प नेपाली समुदायको सबैभन्दा ठूलो बाल तथा युवा कार्यक्रममध्ये एक मानिएको छ। आयोजक संस्था नेपाली समाज टेक्ससका अनुसार क्याम्प दुई समूहमा सञ्चालन हुनेछ। जुनियर समूह (उमेर ५–९ वर्ष) का लागि जुलाई २०–२६ सम्म हुनेछ भने सिनियर समूह (उमेर १० वर्ष तथा माथिका) निम्ति जुलाई २७–अगस्ट २ सम्म हुनेछ ।
यस वर्ष करिब चारसय बालबालिकाको सहभागिता रहने अपेक्षा गरिएको छ । जसले कार्यक्रमलाई अझ प्रभावशाली बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
जुनियर समूहका बालबालिकाहरूका लागि नेपाली कला तथा चित्रकला, नृत्य प्रस्तुति, मित्रता खेल, रिस्टब्यान्ड निर्माण, फायर तथा पुलिस विभाग भ्रमण, प्राथमिक उपचार प्रशिक्षण, गीता अध्ययन, नेपाली परम्परागत खेल तथा क्रोध व्यवस्थापन र वित्तीय साक्षरतासम्बन्धी सत्रहरू समावेश गरिएका छन्।
त्यस्तै सिनियर समूहका लागि कार्पेन्ट्री, फायर तथा पुलिस विभाग भ्रमण, प्राथमिक उपचार प्रशिक्षण, लागूऔषध दुर्व्यसन तथा मानसिक स्वास्थ्य सचेतना, घरेलु हिंसा सम्बन्धी जनचेतना, गीता अध्ययन, नेपाली खेल, क्रोध व्यवस्थापन तथा वित्तीय साक्षरता शत्र सञ्चालन हुने नेपाली समाजका अध्यक्ष विजय भुसालले जानकारी दिए ।
क्याम्पमा योग, ध्यान, प्रेरणादायी तथा आध्यात्मिक सत्र, आत्मविश्वास विकास, मित्रता निर्माण, कला, संस्कृति र नेतृत्व विकासका कार्यक्रमहरू पनि रहनेछन्। सहभागी सबै बालबालिकालाई ब्रेकफास्ट, लन्च तथा क्याम्प टी–शर्ट उपलब्ध गराइनेछ।
आयोजक संस्थाहरूले अमेरिकामा हुर्किरहेका नेपाली मूलका बालबालिकालाई आफ्नो भाषा, संस्कार, संस्कृति र मूल्यहरूसँग जोड्दै आत्मविश्वासी, जिम्मेवार र सक्षम विश्व नागरिकका रूपमा विकास गर्न क्याम्पले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
क्याम्पका लागि दर्ता खुला गरिएको छ। इच्छुक अभिभावकले निम्न लिङ्क मार्फत समयमै दर्ता गर्न अनुरोध गरिएको छ ।
हरेक वर्ष समरमा हुने समरक्याम्प नेपाली समाज टेक्ससको महत्वपूर्ण सिग्नेचर प्रोग्राम हो । विगतमा समरक्याम्पबाट दीक्षित भएका बालबालिकाहरू डाक्टर, इञ्जिनियर, व्यबस्थापन क्षेत्रको उच्चतहमा कार्यरत छन् ।
अभिभावकहरूले समरक्याम्पलाइ व्यग्र प्रतिक्षाका लागि कुरिरहेका हुन्छन् ।
https://ournst.org/cultural-spiritual-summer-camp-2026/
ournst.org












प्रतिक्रिया