अमेरिका, बोस्टन। विश्वकप फुटबलको २३औं संस्करण अन्तर्गत आज भएको महासङ्ग्राममा नर्वेले इराकलाई स्तब्ध बनाएको छ। अमेरिकाको म्यासाच्युसेट्स राज्यको फक्सबरोमा अवस्थित बोस्टन स्टेडियम(जसलाई जिलेट स्टेडियमले पनि चिनिन्छ)मा भएको खेलमा नर्वेले इराकलाई १ गोलको बिरुद्ध ४ गोल गर्दै स्तब्ध बनाएको हो। समूह चरण अन्तर्गको प्रतिपर्धाका दौरानमा समूह आइ(I)मा परेका नर्वे र इराक आज खेलमैदानमा आमनेसामने भएका थिए।

निकै सनसनीपूर्ण र रोमाञ्चक रहको खेलमा नर्वेका खेलाडी हालान्डले खेलको ३९औँ मिनटमा नर्वेका लागि पहिलो गोल गर्दै खाता खोलेका थिए। पहिलो गोल खाएपछि स्तब्ध भएको इराकले निकै सम्हालिएर खेल खेलेको थियो। पहिलो गोल खाएको १० मिनटकै अन्तरमा गोल फर्काउदै इराकल खेललाई बराबरी बनायो। खेलको ३९औँ मिनेटमा इराकका आयमेन हुसेनले हेडमार्फत उत्कृष्ट प्रहार गर्दै बललाई गोलमा परिणत गर्न सफल भएका थिए। गोल फर्काएको ४ मिनटमै अर्थात् ४३औँ मिनेटमा एर्लिङ हालान्डले नर्वेका लागि दोश्रो गोल गर्दै अग्रता दिलाए। खेलको पहिलो हाफ २-१ गोलमा टुङ्गिएको थियो।

खेलको दोश्रो हाफ सुरु हुनेबित्तिकै इराकले बदला लिन निकै प्रयासहरु गर्यो। गोलका लागि गरिएका उत्कृष्ट प्रहारहरु दुर्भाग्यवस गोलमा परिणत हुन सकेनन्। अधिकांश समय नर्वेले इराकलाई दबाबमा राख्न सफल भएको थियो। खेलको ७६औँ मिनेटमा लियो ओस्टिगार्डले नर्वेका लागि तेश्रो गोल गर्न सफल भएका थिए। अतिरिक्त समयमा क्रिस्टियन थोसभेटले पुनः गोल गरेपछि नर्वेले आफ्नो खातामा कूल ४ गोल जम्मा गर्न सफल भयो। थोसभेटको गोल नै यस खेलको अन्तिम तथा निर्णायक गोल साबित भयो। र, फिफा वरीयतामा ३१औं स्थानमा रहेको नर्वे ४ गोलसहित विजेता र ५७औं स्थानमा रहेको इराक १ गोलसहित उपविजेता भएको छ।यससंगै नर्वेले ३ अङ्क जोडेको छ भने, इराकको सुन्य अङ्क रहेको छ।

फिफा विश्वकपको इतिहासमा इराकले सन् १९८६ मा पहिलो पटक सहभागिता जनाएको थियो। ४० वर्षको लामो प्रतिक्षा पछि दोश्रो पटक यस फिफा विश्वकप-२०२६ मा सहभागिता जनाएको हो।

नर्वेले पहिलो पटक सन् १९३८ मा सहभागिता जनाएको थियो। हालसम्म फिफा विश्वकपको इतिहासमा नर्वेले सन् १९३८, सन् १९९४, सन् १९९८ र सन् २०२६ सहभागिता जनाएको छ।
फिफाको खेलतालिका अनुसार अमेरिकामा हुने ७८ खेलहरु मध्य ७ खेलहरु म्यासाच्युसेट्स राज्यको फक्सबरोमा अवस्थित बोस्टन स्टेडियम( जसलाई जिलेट स्टेडियमले पनि चिनिन्छ) रहेको थियो । जस मध्य गत जुन १३,२०२६ शनिबार समूह चरणको पहिलो खेल ग्रुप सीमा रहेका हाइटी र स्कटल्याण्डबीच सम्पन्न भइसकेको छ। यस खेलमा स्कटल्याण्डले हाइटीलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी हुन सफल भएको थियो।

खेल तालिका अनुसार अब जुन १९ शुक्रबार साँझ ६ बजे स्कटल्याण्ड र मोरक्को(ग्रुप सी), जुन २३ मङ्गलबार दिउसो ४ बजे इङ्गल्याण्ड र घाना (ग्रुप एल), जुन २६ शुक्रबार दिउसो ३ बजे नर्वे र फ्रान्स (ग्रुप आई)को खेल हुने छ। त्यसैगरी, नकआउट चरण अन्तर्गतका दुइ खेलहरु जुन २९ सोमबार दिउसो ४:३० मा राउण्ड अफ ३२ र जुलाई ९ बिहीबार दिउसो ४ बजे क्वाटरफाइनल खेल हुनेछ।













प्रतिक्रिया