मनोरञ्जन

ड्यालस एभरेष्टको सांस्कृतिकसहितको गाला डिनर मे २ मा

ड्यालस एभरेष्टको सांस्कृतिकसहितको गाला डिनर मे २ मा


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font

ड्यालस (अमेरिका) । ड्यालस एभरेष्ट लायन्स क्लबले हरेक वर्ष गर्दै आएको आफ्नो महत्त्वपूर्ण सिग्नेचर कार्यक्रमअन्तर्गतको गाला डिनरसहितको सांस्कृतिक कार्यक्रम आउँदो मे २ तारिक गर्ने भएको छ ।

क्लबका अध्यक्ष बसन्त पन्तले दिएको जानकारीअनुसार यसपटक अलग प्रकारको सांस्कृतिक कार्यक्रमसहितको गाला डिलर हुँदैछ । क्लबले यस्ता प्रोग्रामहरुबाट सङ्कलन भएको सहयोगलाई परिचालन गरेर समुदायको आवश्यकताअनुसारको स्वास्थ, सरसफाइ, जनचेनामूलक कार्यक्रमहरु अमेरिका र नेपालमा आयोजना गर्दै आएको छ ।

Advertisement

मे २ तारिक साँझ 425 S Heartz Rd, Coppell, TX 75019 मा कार्यक्रम हुने जनाइएको छ । कार्यक्रममा सहभागी भएर मनोरञ्जन प्राप्त गर्न र लायन्स क्लबको सामुदायिक गतिविधिमा सहयोग पुर्‍याउनसमेत संस्थाले अनुरोध गरेको छ ।