ड्यालस (अमेरिका) । ड्यालस एभरेष्ट लायन्स क्लबले हरेक वर्ष गर्दै आएको आफ्नो महत्त्वपूर्ण सिग्नेचर कार्यक्रमअन्तर्गतको गाला डिनरसहितको सांस्कृतिक कार्यक्रम आउँदो मे २ तारिक गर्ने भएको छ ।
क्लबका अध्यक्ष बसन्त पन्तले दिएको जानकारीअनुसार यसपटक अलग प्रकारको सांस्कृतिक कार्यक्रमसहितको गाला डिलर हुँदैछ । क्लबले यस्ता प्रोग्रामहरुबाट सङ्कलन भएको सहयोगलाई परिचालन गरेर समुदायको आवश्यकताअनुसारको स्वास्थ, सरसफाइ, जनचेनामूलक कार्यक्रमहरु अमेरिका र नेपालमा आयोजना गर्दै आएको छ ।
मे २ तारिक साँझ 425 S Heartz Rd, Coppell, TX 75019 मा कार्यक्रम हुने जनाइएको छ । कार्यक्रममा सहभागी भएर मनोरञ्जन प्राप्त गर्न र लायन्स क्लबको सामुदायिक गतिविधिमा सहयोग पुर्याउनसमेत संस्थाले अनुरोध गरेको छ ।












प्रतिक्रिया