मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मन्दिर र विहार निर्माणस्थलमा भूमिशोधन पूजा सम्पन्न

मन्दिर र विहार निर्माणस्थलमा भूमिशोधन पूजा सम्पन्न


शेयर गर्नुहोस:

1.7k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । अमेरिकाको ड्यालसमा निर्माण हुन लागेको पशुपतिनाथ मन्दिर तथा बुद्ध विहारको निर्माणस्थलको विशेष भूमिशोधन पूजा शनिबार सम्पन्न भएको छ ।

मन्दिर र विहार निर्माण हुने जमिन शुद्धीकरण र कुनै दोष भए हटाउनका निम्ति धार्मिक तथा वैदिक विधिबाट भूमिशोधन पूजा गरिएको हो । बिहान ९ः०० बजेबाट सुरू भएको पूजा झण्डै दुई घन्टामा समापन भएको थियो ।

Advertisement

भारी वर्षाका बीच पनि भक्तजनहरुको उल्लेखनीय सहभागिता उक्त समारोहमा थियो । भूमिशोधन पूजापछि अब औपचारिकरुपमा उक्त स्थानमा जग हालेर मन्दिर र विहार निर्माण सुरू हुनेछ ।

झण्डै एक करोड १० लाख डलरको लागतमा नेपालकै मन्दिरकै स्वरुप र साइजको पशुपतिनाथ मन्दिर र स्वयम्भूकै शैलीमा बौद्ध स्तुपा, अलग्गै धम्महल, विश्रामस्थल लगायतका संरचनाहरु निर्माण हुनेछ ।

भूमिशोधन पूजा समारोहमा मन्दिरका पूजारीहरु, मन्दिर बोर्ड अफ ट्रष्टी अध्यक्ष डा. प्रेम अधिकारी, मन्दिर कार्यसमिति अध्यक्ष सीता सापकोटा बस्नेत लगायतका अधिकांश पदाधिकारीहरुको सक्रिय सहभागिता थियो ।

भूमिशोधन पूजापश्चात निर्माणाधीन मन्दिर र विहारको नमुनासमेत अनावरण गरिएको छ । मन्दिरले निर्माण अभियानमा टेक्ससमा रहेका सबै नेपालीभाषी हिन्दु, बौद्धिष्ट समुदायसँग सहयोगका लागि आह्वान् गरेको छ ।

त्यस्तै दुई वर्षअघि नवाहमा मन्दिर र विहार निर्माणका लागि सहयोगको प्रतिबद्धता जनाएका महानुभावहरूसँग पनि बाँकी सहयोग रकम चुक्ता गरिदिन मन्दिरले अनुरोध गरेको छ ।

शेयर गर्नुहोस:

1.7k
Shares