वाशिङ्गटन डिसी- अमेरिकाको राजधानी वाशि वाशिङ्गटन डिसीमा रहेको नेपाली राजदूतावासले ग्राहकहरुको सहजीकरणको लागि ईमेल तथा फोन नम्वर सार्वजनिक गरेको छ ।
अमेरिकामा रहेका नेपालीहरुले दूतावासको फोन नउठने र सेवाग्राह्रीहरुले निकै कष्ट व्यहोर्नु परेको भनेर विगत वर्षहरु देखि गुनासो गर्दे आएका थिए ।
सेवाग्राहीहरुले आफनो आवश्यकता अनुसार ईमेल,फोन गर्नु पर्ने छ । राहदानी नविकरणको लागि ईमेल मार्फत अनलाई दर्ता प्रक्रिया गर्नु पर्नेछ । यसैगरी एनआरएन कार्डको लागि अलग्गै ईमेल ठेगानामा ईमेल गर्नु पर्ने छ ।
दूतावासले गरेको प्रयासले सेवामा चुस्तता र सहज हुने विश्वास लिइएको छ ।












प्रतिक्रिया