मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
जीवन एक - मोड अनेक    
बोस्टन   

सक्कली र नक्कली आमा

सक्कली र नक्कली आमा


कथा……✍️

एकपटक दुइ महिलाकाबीच एउटा बच्चाको स्वामित्वलाई लिएर निकै विवाद भएछ। दुबै महिलाले उक्त बच्चा आफ्नो भएको दावी गर्दै बच्चा खोसाखोस गरिरहेका थिए। उक्त विवाद मच्चिएको लामै समय भैसकेको थियो।

Advertisement

गाँउका मुखिया, पञ्च, भद्र भलादमी, मान्यगुन्य, सामाजका अगुवाहरु लगायत उच्च व्यक्तित्वहरुले उक्त विवाद सल्ट्याउन निकै कोसिस गरे। तर, समस्या सल्टिनुको सट्टा उल्टै उग्र रुप लिन थालेपछि उनिहरुले हार खाएर सुरक्षा निकायलाई गुहारे। सुरक्षा निकायले पनि बच्चाको सक्कली आमा पत्ता लगाइ विवादको छिनोफानो गर्न हरतरहको अथक प्रयासहरु गरे। तर, सत्य तथ्य पहिल्याउन भने सकेन। सुरक्षा निकायले हार खाएपछि उक्त विवाद अदालतमा पुग्यो।

अदालतमा दुबै पक्षका वकिलहरुले आआफ्नो पक्षलाई जिताएर उक्त बच्चा दिलाउन हरसम्भव प्रमाणहरु न्यायधीश सामु पेश गरे। पटक पटक सुनुवाइ गरेर दुबै पक्षका प्रमाणहरुलाई न्यायको तराजुमा राखी हेर्दा, रौं जति पनि तलमाथि नभेटिएपछि मुद्दा किनारा लगाउन नसकेर न्यायाधीशहरु पनि हायलकायल भइरहेका थिए।

केही सिप नलागेपछि न्यायाधीशहरुले ति दुइ महिलामा को सक्कली र को नक्कली आमा हो भन्ने पत्ता लगाउन दुबैको अग्नी परिक्षा लिने एउटा जुक्ति निकाले। र, उक्त बच्चालाई काटेर दुबै महिलालाई बराबरी (आधा-आधा) बाँडिदिने प्रस्ताव गरे। यस्तो प्रस्ताव सुनेर एउटा महिला (पहिलो)ले उक्त प्रस्ताव स्विकार गरिन्। तर, अर्की महिला(दोश्रो)ले भने उक्त प्रस्ताव ठाडै अस्विकार गरिन्।

उक्त प्रस्ताव अस्विकार गर्ने महिला (दोश्रो)ले न्यायाधीशहरुलाई बिन्ती बिसाउदै उक्त बच्चा आफ्नो नभएको जनाउदै अर्की (पहिलो) महिलालाई नै उक्त बच्चा दिन अनुरोध गरिन्। उक्त बच्चा आफ्नै भएको जिकिर गर्दै प्राप्तिका लागि मरिहत्ते गर्ने महिला(दोश्रो) एक्कासी परिवर्तन भएर वयान फेरेको सुन्दा न्यायाधीश, वकिल, वादी, प्रतिवादीका पक्षधर लगायत अदालतमा उपस्थित सबै आश्चर्य चकित भए। न्यायाधीशहरुले दुबै महिलालाई पटक पटक सोही प्रस्ताव दोहोर्र्याउदै सोधिरहे। पहिलो महिलाले बच्चा दुइ भाग लगाउनेमा सहमति जनाइरहिन् भने, अर्की(दोश्रो) महिलाले त्यस प्रस्तावलाई खारेज गर्दै बच्चा पहिलो महिलालाई नै दिन अनुरोध गरिरहिन्।

लामो बहस पछि न्यायधीशहरु उक्त बच्चा दुइ भाग लगाएर बाढ्न तयार भएकी पहिलो महिलालाई नदिएर त्यस प्रस्तावलाई अस्विकार गर्दै सग्लै बच्चा पहिलो महिलालाई नै दिन अनुरोध गर्ने दोश्रो महिलालाई दिने निश्कर्षमा पुगे।  न्यायाधीशहरुले उक्त फैसला सुनाउदै भने ‘सक्कली आमा प्राकृतिक करुणा र मातृत्वको गुणले युक्त हुने भएकाले कदाचित् आफ्नो बच्चालाई मारेर भाग लगाउन सहमत हुन सक्दिनन्। बरु अरुकै होस् तर आफ्नो बच्चा बाँचोस् भन्ने चाहन्छिन्। नक्कली आमा भने प्राकृतिक करुणा र मातृत्वको गुणले युक्त नहुने भएकाले उसलाई बच्चाको ज्यान गएपनि कुनै प्रवाह हुदैन। त्यसैले करुणा र मातृत्वको गुणदेखिएका आधारमा बच्चा नमारी अरुलाई नै सुम्पन तयार दोश्रो महिला नै बच्चाको सक्कली आमा भएको ठहर गर्दै यो बच्चा सहीसलामत उनलाई सुम्पने र नक्कली आमा बनेर बच्चाको ज्यान समेत लिन तयार भएकी पहिलो महिलालाई कसुरदार ठहर गरी हदैसम्मको सजाय दिने फैसला गर्दछ…..’

न्यायालयको निष्कर्षमा सहमत हुदै पहिलो महिलाले उक्त बच्चाप्रति आफ्नो मोह मात्र भएको बताउदै आफ्नो गल्ती स्विकार गरिन्। दोश्रो महिलाले आफूमा बच्चाको मातृत्व निहित भएकाले आफूसंग नभएपनि आफ्नो बच्चा बाँचोस् भन्नका खातिर अर्की (पहिलो) महिलालाई नै आफ्नो बच्चा सुम्पन तयार भएको बताइन्।

अदालतको फैसला पछि सक्कली आमा आफ्नो बच्चा लिएर घर फर्किन्। नक्कली आमा सजाय भोग्न जेल चलान भइन्।

शेयर गर्नुहोस:

648
Shares