ड्यालस (अमेरिका) । श्रीकृष्ण प्रणामी हिन्दु समाज टेक्ससको अायोजना तथा ब्लड डोनर्स अमेरिका टेक्सस च्याप्टरको सहयोगमा टेक्ससको हर्स्टमा वृहद रक्दान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ४७ रक्तदाताहरूले दान गरेका थिए । प्रणामी समाजका अध्यक्ष दिपक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बिडिए टेक्ससका तर्फबाट सन्तोष कार्की, विकास भण्डारी, केन्द्रीय सदस्य अजय बगाले, शिव काफ्ले, नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रका कोषाध्यक्ष दिनेश न्याैपाने, नेपाली समाज टेक्ससका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
बृहत रक्तदान कार्यक्रमको संयोजन प्रणामी समाजका सामाजिक उपाध्यक्ष तथा ब्लड डोनेसन प्रोग्रामका कार्यक्रमका संयोजक मनोज अधिकारीले गरेका थिए । प्रणामी समाजका तर्फबाट प्रणामी मन्दिरका महन्त सन्त पाैडेल, वाणिसाधक चन्द्र प्रसाई, महिला समितिकी अध्यक्ष लक्ष्मी पाैडेल, निवर्तमान अध्यक्ष नुरनाथ सुवदी लगायतको उपस्थिति रहेको कार्यक्रम समाजका सचिव लालप्रसाद दंगालले संचालन गरेका थिए ।
श्री कृष्णप्रणामी हिन्दु समाज टेक्ससले सामाजिक सेवा अन्तरगत वर्षको दुइ पटक रक्तदान कार्यक्रम गर्दै अाईरहेको छ । उक्त रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रणामी समाज तथा कार्टर ब्लड सेन्टरका तर्फबाट अाकर्षक मायाको चिनो प्रदान गरिएको थियो ।












प्रतिक्रिया