ग्लोबल नेपाली

नागरिकता खोइ अभियानले गोफण्ड मार्फत सहयोगको अपील गर्यो

नागरिकता खोइ अभियानले गोफण्ड मार्फत सहयोगको अपील गर्यो


शेयर गर्नुहोस:

3.9k
Shares

  • change font
  • change font
  • change font

काठमाडौ । विदेशमा बस्ने नेपालीहरुलाई बंशजको नागरिकताको निरन्तरताको लागि विगत एकवर्षदेखि अभियान चलाउँदै आएको नागरिकता खोइ अभियानले विश्वभर रहेका नेपालीहरुसंग आर्थिक सहयोगका लागि आह्वान गरेकोछ ।

दशैंको पूनित अवसर पारेर खोलिएको GoFundMe मार्फत सहयोगको आह्वान गरिएको हो । नागरिकता खोइ अभियानले गैरआवासीय नेपालीहरुलाई नेपालको विकास र समृद्धिमा सार्थक सहयोगी बनाउन नेपाली नागरिकताको निरन्तरता प्रदान गर्नुपर्ने आवश्यकता भएको कुरा बताउँदै आएको छ ।

Advertisement

त्यसनिम्ति नेपालभित्र र बाहिरका नेपालीहरुमा व्यापक चेतना जगाउन विभिन्न संचार माध्यम मार्फत बौद्धिक जगत, राजनीतिक व्यक्तित्व, साहित्यकार कलाकार, समाजसेवीहरु बीच शिक्षामूलक अभियान चलाउँदै आएको छ ।

यो अभियानलाई गैरआवासीय नेपालीहरुका बाआमा,अभिभावक र परिवारसम्म पुर्याउन नेपालका विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम संचालन गर्न आर्थिक श्रोत आवश्यक भएकोले गोफण्ड खोलेको जानकारी नागरिकता खोइ अभियानले दिएको छ ।

उक्त अभियानलाई सहयोग गर्न चाहनेले तलको लिंकमा क्लिक गर्नुहोला ।
https://www.gofundme.com/f/mtk57y-help-continue-citizenship-for-nonresident-nepalis/fb/o?lang=en_US

शेयर गर्नुहोस:

3.9k
Shares