मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
नेपाल   

नागरिकता खोइ अभियानले गोफण्ड मार्फत सहयोगको अपील गर्यो

नागरिकता खोइ अभियानले गोफण्ड मार्फत सहयोगको अपील गर्यो


शेयर गर्नुहोस:

3.8k
Shares

  • change font
  • change font
  • change font

काठमाडौ । विदेशमा बस्ने नेपालीहरुलाई बंशजको नागरिकताको निरन्तरताको लागि विगत एकवर्षदेखि अभियान चलाउँदै आएको नागरिकता खोइ अभियानले विश्वभर रहेका नेपालीहरुसंग आर्थिक सहयोगका लागि आह्वान गरेकोछ ।

दशैंको पूनित अवसर पारेर खोलिएको GoFundMe मार्फत सहयोगको आह्वान गरिएको हो । नागरिकता खोइ अभियानले गैरआवासीय नेपालीहरुलाई नेपालको विकास र समृद्धिमा सार्थक सहयोगी बनाउन नेपाली नागरिकताको निरन्तरता प्रदान गर्नुपर्ने आवश्यकता भएको कुरा बताउँदै आएको छ ।

Advertisement
ADVERTISEMENT

त्यसनिम्ति नेपालभित्र र बाहिरका नेपालीहरुमा व्यापक चेतना जगाउन विभिन्न संचार माध्यम मार्फत बौद्धिक जगत, राजनीतिक व्यक्तित्व, साहित्यकार कलाकार, समाजसेवीहरु बीच शिक्षामूलक अभियान चलाउँदै आएको छ ।

यो अभियानलाई गैरआवासीय नेपालीहरुका बाआमा,अभिभावक र परिवारसम्म पुर्याउन नेपालका विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम संचालन गर्न आर्थिक श्रोत आवश्यक भएकोले गोफण्ड खोलेको जानकारी नागरिकता खोइ अभियानले दिएको छ ।

उक्त अभियानलाई सहयोग गर्न चाहनेले तलको लिंकमा क्लिक गर्नुहोला ।
https://www.gofundme.com/f/mtk57y-help-continue-citizenship-for-nonresident-nepalis/fb/o?lang=en_US

शेयर गर्नुहोस:

3.8k
Shares