मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
टेक्सस   
मुख्य समाचार   

स्व.भण्डारीको बिदाइ

स्व.भण्डारीको बिदाइ


ड्यालस (टेक्सस) । गत मंगलबार स्व-मृत्युवरण गरेका टेक्ससका व्यबसायी हरिबोल भण्डारीको आइतबार दिउँसो अन्त्येष्टी गरिएको छ ।

व्यबसायीमात्र नभएर धेरै नेपालीलाई व्यबसायी बनाउन सहयोग गरेका भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य तथा जनसम्पर्क समिति अमेरिकाको कार्यसमिति सदस्य समेत थिए । गत मंगलबार दिउसो उनी मृत अवस्थामा भेटिएका थिए । आइतबार ड्यालसको ह्युगिज फेमिली ट्रिब्युट सेन्टर (शवदाह गृह) मा आयोजित श्रद्धाञ्जली तथा अन्तेष्टी समारोहमा उपस्थित ठूलो संख्याका नेपालीहरुले आँशुले भरिएका रसिला आँखाले भण्डारीलाई भावुक विदाई गरेका थिए ।

भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त र बिदाई गर्न अमेरिकाभरि रहेका नेपाली समुदायका अगुवाहरुको ड्यालसमा उपस्थिती रहेको थियो ।

उनका जेठा छोरा उदयनले दागवत्ती दिएका थिए । त्यस अवसरमा भण्डारीका अत्यन्तै निकट गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका महासचिव गौरीराज जोशीले भण्डारीसँगको सम्बन्ध, उनले अमेरिकाको मात्र नभएर सिंगो विश्वभरिको नेपाली डायस्पोराका लागि गरेको योगदानको चर्चा गरेका थिए ।

त्यस्तै नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले ड्यालसमा भण्डारीको सदा अभाव खड्किरहने उल्लेख गरे । त्यस अवसरमा उनका जेठा छोरा उदयन भण्डारी, भाई महाबीर भण्डारीले स्व. भण्डारीले परिवारलाई देखाएको बाटो, समुदायमा गरेको योगदानको चर्चा गरेका थिए ।

स्व. भण्डारीको असामयीक र अस्वभाविक निधन प्रति ड्यालसको नेपाली समुदाय स्तब्ध छ ।

शेयर गर्नुहोस:

13.6k
Shares