मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

एनआरएनए म्यासाच्युसेट्स च्याप्टर कार्यसमितिले सपथ तथा पदभार ग्रहण गयो

एनआरएनए म्यासाच्युसेट्स च्याप्टर कार्यसमितिले सपथ तथा पदभार ग्रहण गयो

पहिलो बैठकले गर्यो सल्लाहकार मनोनित, २० हजार डलरको शैक्षिक अक्षयकोष स्थापना गरिने


अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(एनआरएनए),अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट आगामी दुइ वर्षीय कार्यकाल(२०२५-२७)का लागि नवनिर्वाचित म्यासाच्युसेट्स च्याप्टरको कार्यसमितिले पद तथा गोपनीयताको सपथग्रहण गरेको छ। गत अगस्ट १७ र १८, २०२५ (आइतवार र सोमवार) सम्पन्न संघको निर्वाचनबाट म्यासाच्युसेट्स च्याप्टरका लागि नव निर्वाचित अध्यक्ष खुम गुरुङ(राजु) गत अगस्ट २९,२०२५ सुक्रवार आफू नेतृत्वमा रहेको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन्।

अध्यक्ष गुरुङले भने गत अगस्ट २२ र २३, २०२५ सुक्रवार र शनिवार अमेरिकाको भर्जिनिया आयोजित १४औँ साधारण सभा(एजिएम) तथा सपथग्रहण समारोहमा पद तथा गोपनीयताको सपथग्रहण गरेका थिए। उक्त समारोहमा निर्वाचन प्रमुखको भूमिका निर्वाह गरेका टुकप्रसाद रेग्मीले सतेन्द्र के साहको नेतृत्वमा निर्वाचित राष्ट्रिय परिषदको कार्यसमिति तथा च्याप्टर अध्यक्षहरुलाई संघको विधान अनुसार पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए।

नयाँ कार्यसमितिले पद तथा गोपनीयताको सपथग्रहण गरेसंगै पदभार समेत ग्रहण गरेर आफ्नो कार्य सुरु गरिसकेको छ।

सपथग्रहण तथा पदभारग्रहण कार्य सम्पन्न भए लगतै नवनिर्वाचित अध्यक्ष खुम(राजु)गुरुङको अध्यक्षतामा च्याप्टरको पहिलो बैठक बसेको थियो। च्याप्टरको पहिलो बैठकले दूरगामी महत्वपूर्ण निर्णयहरु गरेको अध्यक्ष गुरुङले बताए। उनले दिएको जानकारी अनुसार बैठकले यलीना श्रेष्ठ, मिलन गुरुङ, रन्जन थापा, रेशम राजभण्डारी, सुन्दर गुरुङ, सुपेन्द्र बस्नेत, परशुराम फुयाल, बिरोचन नेपाल, शिद्धार्थ लामा, थानिरत्न कंडेल, विजय तामाङ, जालप्रसाद घिमिरे, मिलनकुमार कार्की, बैकुण्ठ अधिकारी र उत्सव गुरुङलाई सल्लाहकारमा मनोनीत गरेको छ भने, अभिशेक आचार्य र उषा केएम श्रेष्ठलाई कार्यसमितिको सदस्यमा मनोनित गरेको छ।

बैठकले प्रत्यक ६/६ महिनामा कम्तिमा एक पटक नेपाली समुदायका लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने निर्णय गरेको छ। त्यसैगरी, युवाहरुलाई संस्थामा आकर्षण गर्न बेलाबेलामा खेलकुदका क्रियाकलापहरु (फुटबल, भलिबल, बास्केट बल, टेबुलटेनिस, क्रिकेट लगायत)गर्ने निर्णय समेत गरेको छ। नेपालमा शैक्षिक क्षेत्रमा सक्दो टेवा पुर्याउने उद्देश्यले २० हजार डलरको अक्षयकोष स्थापना गर्ने, त्यस रकमलाई वित्तीय संस्थामा मौज्दात राख्ने र त्यसबाट प्राप्त व्याज रकम छात्रवृति स्वरुप विद्यार्थीहरुलाई वितरण गर्ने निर्णय बैठकले गरेको अध्यक्ष गुरुङले जानकारी दिएका छन्। बैठकले संस्थाको निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रजहरु, सदस्यहरु, पूर्व कार्यसमिति, सहयोगी तथा सुभचिन्तकहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ।

गत अगस्ट १७ र १८,२०२५(आइतवार र सोमवार)मा सम्पन्न निर्वाचनबाट म्यासाच्युसेट्स च्याप्टर कार्यसमितिका सम्पूर्ण पधाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार नवनिर्वाचित कार्यसमितिमा च्याप्टर अध्यक्ष खुम(राजु) गुरुङ सहित उपाध्यमा समुन्द्र के श्रेष्ठ, महिला उपाध्यक्षमा स्नेहा पन्थी, सचिवमा अजय कुशवाहा, महिला सचिवमा सुधा गुरुङ र कोषाध्यक्षमा प्रशान्त तामाङ निर्वाचित भएका छन्। त्यसैगरी, युवा संयोजकमा राजु बन्जाडे, महिला संयोजकमा ग्रीश्मा श्रेष्ठ र सदस्यहरुमा जय भण्डारी, जीवन थापा, माधव थापा, शन्तोष खनाल र स्कन्द यादव रहेका छन्।

नवनिर्वाचित अध्यक्ष गुरुङले बैठक पछि प्रतिक्रिया दिदै आफू नेतृत्वको म्यासाचुसेट्स च्याप्टर कार्यसमितिलाई निर्विरोध निर्वाचित गराएर संस्थाको कार्यभार सुपिएकोमा मतदाताहरुलाई धन्यवाद दिएका छन्। उनले संस्थाको विधान, निति, नियमको पूर्ण पालना गरेर संस्थाको गरिमालाई थप उचाइमा पुर्याउन आफू नेतृत्वको कार्यसमितिले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाली समुदायको उत्थानका लागि एकता र सहकार्य अपरिहार्य भएको जिकिर गर्दै अध्यक्ष गुरुङले सबै प्रवासी नेपालीहरुलाई एकता, सहकार्य र साथ सहयोगका लागि अनुरोध गरेका छन्।

शेयर गर्नुहोस:

4.3k
Shares