मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मनोरञ्जन   

मण्डला डान्सको सातौं वार्षिकोत्सव तथा डान्स रेसाइटल सम्पन्न

मण्डला डान्सको सातौं वार्षिकोत्सव तथा डान्स रेसाइटल सम्पन्न


ड्यालस (अमेरिका) । टेक्ससमा आयोजित मण्डला डान्सको सातौं वार्षिकोत्सव तथा डान्स रेसाइटल २०२५ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा २२६ जना प्रस्तोता सहभागी भएका थिए भने पाँचसयको हाराहारीमा सहभागीहरूको उपस्थिति रहेको थियो। हल नेपाली गौरवले भरिएको थियो। कार्यक्रममा बेडफोर्ड, अर्भिङ्ग, केलर, फ्रिस्को, प्लानो लगायत छ स्थानबाट नेपाली तथा बलिउड नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन सुमन कार्कीले गरेका थिए। कार्यक्रममा नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाइएको थियो।

विद्यार्थीहरूले “फूलको आँखामा फूलै संसार” गीत कुनै संगीत वा माइक्रोफोन बिना गाएका थिए, तर उनीहरूको अन्तरमनको नेपाली भावना हलभरि गुञ्जिएको थियो।

कार्यक्रम अत्यन्त सफल भएको आयोजकहरूले बताएका छन्। संस्थापक आइशा ओझाले आगामी मे २०२६ मा हुने रेसाइटलका लागि एकहजार भन्दा बढी दर्शक अट्ने हल अहिले नै बुक गरिसकेको जानकारी दिइन् ।

शेयर गर्नुहोस:

2.6k
Shares