मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
टेक्सस   

न्यूयोर्कका चर्चित कानुन व्यबसायी फुलाराको अफिस ड्यालसमा (भिडियो सहित)

न्यूयोर्कका चर्चित कानुन व्यबसायी फुलाराको अफिस ड्यालसमा (भिडियो सहित)

नेपाली समुदायले आफ्नै भाषामा कानुनी सेवा पाउने


ड्यालस (टेक्सस) । न्यूयोर्कमा एक दशकको कानुनी सेवा प्रदान गरेपछि बासु फुलाराको कानुनी सेवा कार्यालयको शाखा ड्यालसमा खुलेको छ ।

आइतबार एक विशेष कार्यक्रमबीच कार्यालय खुलेको र कानुनी सेवा लिन सकिने घोषणा समुदायका अगुवाहरुबीच गरिएको छ । अध्यागमन कानुनका विषयमा विशेषज्ञता हाँसिल गरेका एटर्नी अफ ल फुलाराले ड्यालसको कार्यालयबाट नेपाली समुदायका व्यक्तिहरुले जुनसुकै प्रकारका कानुनी सेवाहरु आफ्नै भाषामा सहजताका साथ लिन सकिने जानकारी दिए ।

हाल न्यूयोर्कको टाइम्स स्क्वायरमा रहेको कार्यालयबाट फुलाराले कानुनी सेवा प्रदान गरिरहेका छन् । टेक्ससमा नेपालीहरुको संख्यामा भएको वृद्धि र कानुनी सेवाको माग उच्च भएपछि शाखा विस्तार गरिएको जनाइएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) की सल्लाहकार यमुना भट्टराई, एनआरएनए अमेरिकाका पूर्ब अध्यक्ष सुनिल साह, पूर्ब क्षेत्रीय संयोजक राम सी पोखरेल लगायतका समुदायका ६ दर्जन अगुवाहरु कार्यालयको सुरुवातको घोषणा कार्यक्रममा सहभागी थिए ।

ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको अर्भिंग सिटीको मकार्थरमा कार्यालय स्थापना भएको छ । जुनसुकै प्रकारको कानुनी परामर्श दिइने र मुख्य रुपमा भने अध्यागमन कानुनका सेवाहरु प्रदान गरिने समेत उनले बताए ।

विशेषगरि सन् २०१५ मा नेपालीहरुलाई प्रदान गरिएको टिपिएसको नविकरण वर्तमान ट्रम्प प्रशासनले नगरेको अवस्थामा तत्काल डिपोर्टेसनबाट बच्नका लागि समेत यो कार्यालयले कानुनी परामर्श, सेवा प्रदान गर्ने जनाइएको छ ।

कार्यक्रममा समुदायका अगुवाहरुले पछिल्लो अवस्थामा अध्यागमन कानुनका क्षेत्रमा भएको परिवर्तन, त्यसले नेपाली समुदायलाई पार्ने प्रभावका विषयमा अधिवक्ता फुलारासँग जिज्ञासा राखेका थिए ।

शेयर गर्नुहोस:

7.3k
Shares