मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

गाजामा स्वास्थ्य सामग्री लुटिएको घटनाप्रति राष्ट्रसङ्घद्वारा दुःख व्यक्त

गाजामा स्वास्थ्य सामग्री लुटिएको घटनाप्रति राष्ट्रसङ्घद्वारा दुःख व्यक्त


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र सङ्घले शुक्रबार गाजाको प्यालेस्टिनी क्षेत्रका गोदामहरूमा आक्रमण गरी ठूलो मात्रामा चिकित्सा सामाग्री चोरी गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आक्रमणकारीको समूहले अस्पतालको गोदामहरूमा आक्रमण गरी ठूलो मात्रामा चिकित्सा उपकरण, आपूर्ति, औषधि र पोषणजन्य सामाग्रीको नष्ट गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

चोरी गरिएको सहायता सामाग्री युद्धग्रस्त गाजामा एक दिन अघि मात्रै आइपुगेको उनले बताएका छन् । गाजा अवस्था अझ बिग्रँदै जादाँ सार्वजनिक व्यवस्था र सुरक्षा व्यवस्था कमजोर हुनाले गाजामा लुटपाटका घटनाहरू बढेको समेत उनले बताएका छन् । उनले भने, “यो सशस्त्र मानिसहरूद्वारा भएको एउटा आक्रमण थियो ।”

लामो नाकाबन्दीपछि इजरायलले प्यालेस्टिनी क्षेत्रमा सहयोगको अनुमति दिन थालेको छ । नाकाबन्दीले खाद्यान्न र औषधिको अभाव निम्त्याएपछि अहिलेसम्म उपलब्ध सहायता गाजाको आवश्यकताको ‘समुद्रमा एक थोपा“ मात्र भएको उनले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको मानवीय निकाले शुक्रबार शतप्रतिशत जनसङ्ख्या अनिकालको जोखिममा रहेको चेतावनी दिएको थियो । गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार यस क्षेत्रमा इजरायली आक्रमणमा परी अहिलेसम्म ५४ हजार ३२१ जनाको ज्यान गएको छ । युद्धले गाजालाई ध्वस्त पारेको छ र मारिनेमा अधिकांश महिला बालबालिकासहित सर्वसाधारण रहेका छन् ।

यसले क्षेत्रको ठूलो भाग भग्नावशेषमा परिणत गरेको छ, अस्पताल, विद्यालय, आवासीय क्षेत्र र सडक र जलमार्गको आधारभूत पूर्वाधार नष्ट गरेको छ ।

एएफपीका अनुसार सन् २०२३ अक्टोबर–७ मा हमासले गरेको आक्रमणको प्रतिक्रियामा इजरायलले आफ्नो आक्रमण सुरु गरेको थियो ।

डुजारिकले बिहीबार, राष्ट्रसङ्घ र मानवीय साझेदारहरूले केरेम शालोमको सीमाबाट पाँचवटा देइर अल–बलाह अभियान अस्पतालका लागि चिकित्सा सामग्री बोकेका ट्रकहरू पठाएको र अन्य ६० वटा ट्रकहरू सीमाबाट फर्कनुपरेको बताएका छन् । एएफपी

शेयर गर्नुहोस:

108
Shares