मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जेलेन्स्कीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको प्रस्ताव

जेलेन्स्कीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको प्रस्ताव


शेयर गर्नुहोस:

351
Shares

  • change font
  • change font
  • change font

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय शिखर सम्मेलनको प्रस्ताव गरेका छन् ।

रुसी राष्ट्रपति पुटिनले यस महिनाको सुरुमा टर्कीमा जेलेन्स्कीलाई भेट्ने प्रस्ताव अस्वीकार गरेका थिए । क्रेमलिनले दुई नेताबीच कुनै प्रकारको ‘सम्झौता’ भएपछि मात्र बैठक हुने बताएको छ ।

सैबीच, अमेरिकी राष्ट्रपतिले पुटिन र जेलेन्स्की दुवैले युद्ध अन्त्य गर्न सम्झौता नगरेकोमा निराशा व्यक्त गरेका छन् ।

उनले त्रिपक्षीय बैठकको लागि तयार भएको बताएका छन् । रुसले वार्ता नमाने मस्कोको बैंकिङ र ऊर्जा क्षेत्रमा कडा प्रतिबन्धको प्याकेज लगाउने उनले चेतावनी दिएका छन् । एएफपी

शेयर गर्नुहोस:

351
Shares