मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

नेपाल पत्रकार महासंघद्वारा अमेरिकामा शाखा खोल्ने तयारी

नेपाल पत्रकार महासंघद्वारा अमेरिकामा शाखा खोल्ने तयारी

शेर्पालाई तदर्थ समितिको संयोजक तोकियो


लामो समयदेखि अमेरिकामा नेपाल पत्रकार महासंघको शाखा खोल्ने चर्चाले अब मूर्त रुप लिने भएको छ। त्यसका लागि महाससंघले अमेरिकामा आफ्नो शाखा खोल्ने तयारीलाई तिब्रता दिएको छ। अमेरिकामा रहेका नेपाली भाषी पत्रकारहरुलाई समेटेर महासंघले शाखा खोल्न लागेको हो। अमेरिकामा महासंघको शाखा खोल्ने लक्ष्य पूरा गर्नका लागि महासंघका पूर्व केन्द्रीय सदस्य आङछिरिङ शेर्पालाई तदर्थसमितिको संयोजकमा मनोनित गरेको छ।

महासंघले शेर्पालाई संयोजक तोकेसंगै महासंघको विधान अनुसार सदस्यता वितरण गरी तीन महिना भित्र अमेरिका शाखाको प्रथम अधिवेशन गराउन जिम्मेवारीसमेत सुम्पेको छ।

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारीद्वारा हस्ताक्षरित पत्रमा मनोनित संयोजक शेर्पालाई महासंघको केन्द्रीय कार्यालयसंग समन्वय गरी आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिदै वधाईसमेत ज्ञापन गरिएको छ।

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारीद्वारा हस्ताक्षरित पत्र

यस सम्बन्धमा प्रतिक्रिया लिदा तदर्थ समितिको संयोजकमा मनोनित शेर्पाले आफू हर्ष न बिस्मातको अवस्थामा रहेको बताए। उनले प्राप्त जिम्मेवारी अनुसार अमेरिकामा रहेका सम्बन्धित संघ संस्थाहरु, पत्रकारहरु तथा सरोकारवालाहरुसंग यस विषयमा गहन छलफल र सरसल्लाह गरेर नै अघि बढ्ने आफ्नो योजना रहेको बताए।

आङछिरिङ शेर्पा नेपाल अमेरिका पत्रकार संघ(नेजा)का पूर्व अध्यक्षसमेत हुन्। उनले नेजाको दुइ वर्षीय कार्यकाल २०१२-२०१४ सम्म अध्यक्षको बागडोर सम्हालेका थिए। शेर्पा हाल नेजाको वर्तमान कार्यसमितिका सल्लाहकारसमेत रहेका छन्। उनी अहिले अमेरिकामा रहेर नेपाली भाषाको अनलाइन पत्रिका ‘एभरेष्ट टाइम्स’ सञ्चालन गरिरहेका छन्।