यतिबेला अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन सहर स्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) आफ्नो नयाँ कार्यसमिति चयन अभियानमा जुटेको छ।संस्थाको विधान अनुसार वर्तमान कार्यसमितिको दुई वर्षीय कार्यकाल (२०२२-२०२४) सकिन लागेसंगै आगामी दुइ वर्षीय कार्यकाल(२०२४-२०२६)का लागि नयाँ कार्यसमिति चयन गर्न जिबिएनसि निर्वाचन अभियानमा जुटेको हो। निर्वाचन मिति नजिकिदै गर्दा नेपाली समुदाय भित्र निर्वाचनको चसो, चिन्ता, चर्चा, परिचर्चा र सक्रियताको पारो पनि चड्दै गइरेको छ। यद्यपि, तुलनात्मक रुपमा सन् २०२२ मा भएको निर्वाचनको जस्तो निर्वाचन माहोल भने अझैं आइसकेको छैन।
नयाँ कार्यसमिति चयनका लागि अधिवेशन सम्पन्न गर्न संस्थाले जिबिएनसिका निवर्तमान अध्यक्ष मिलनकुमार कार्कीको संयोजकत्वमा, डाक्टर उषा शर्मा र विष्णुमणि आचार्य सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेर निर्वाचन सम्पन्न गर्ने कार्यभार गत नोभेम्बर ८ तारिखमै सुम्पिसकेको थियो। सोही मुताबिक निर्वाचन समितिले पनि संस्थाको संशोधित विधान-२०२४ अनुसार आउदो डिसेम्बर २२, २०२४, आइतबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी झण्डै एक महिना अघि नै निर्वाचन कार्य तालिका सार्वजनिक गरिसकेको थियो। र, सोही कार्यतालिका अनुसार निर्वाचन कार्यलाई अगाडि बढाइरहेको छ।
निर्वाचन समितिका अनुसार उक्त निर्वाचन 407R Mystic Ave, Medford, MA-02155 स्थित शिवालयमा हुने भएको छ। संस्थाको संशोधित विधान-२०२४ अनुसार उक्त निर्वाचनले अध्यक्ष (१), वरिष्ठ उपाध्यक्ष (१), उपाध्यक्ष(२), महिला उपाध्यक्ष (१), महासचिव(१), सचिव(१), कोषाध्यक्ष (१), सहकोषाध्यक्ष(१) र सदस्यहरु(२४) जना रहेको कार्यसमिति चयन गर्ने छ।
निर्वाचन समितिका संयोजक कार्कीले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकिएको र सोही कार्यतालिका अनुसार निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति सक्रिय रहिरहेको बताए। संस्थाको विधान अनुसार निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति प्रतिबद्ध रहेर काम गरिरहेको जनाउदै संयोजक कार्कीले भने, ‘संस्थाको विधानअनुसार निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति प्रतिबद्ध भएर काम गरिरहेको छ।लोकतान्त्रिक, निश्पक्ष, शान्तिपूर्ण र विवादरहित तरिकाले सम्पन्न गर्न कुनै कसर बाँकी राखिने छैन।’ उनले निर्वाचन संस्था, सदस्य र नेपाली समुदायका लागि अमूल्य र महत्वपूर्ण अवसर भएको जिकिर गर्दै निर्वाचन प्रक्रियामा भाग लिन संस्थाका सम्पूर्ण सदस्यहरुलाई अपिल गरे। संयोजक कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ सहयोगको अपेक्षासमेत गरेका छन्।
जिबिएनसिले जनाए अनुसार डिसेम्बर १५ तारिख आइतबार साँझ ५ बजेसम्म ८० जना आजीवन सदस्य र २४६ जना साधारण सदस्य गरी जम्मा ३२६ जना सदस्य रहेका छन्। तर, यि सदस्यहरु उपर आवश्यक छानबीन गरी अन्तिम नामावली प्रकाशित हुन भने बाँकी नै छ।
निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका यस प्रकार रहेको छ :
१) आगामी कार्यकाल (२०२४-२०२६ )को लागि हुन गईरहेको निर्वाचनमा निम्नानुसारको पदहरूमा निर्वाचन हुनेछन् ।
अध्यक्ष – १
बरिष्ठ उपाध्यक्ष – १
उपाध्यक्ष – २
महिला उपाध्यक्ष – १
महासचिव – १
सचिव – १
कोषाध्यक्ष – १
सह कोषाध्यक्ष – १
सदस्य – २४
२) निर्वाचनमा चुन्न र चुनिनको लागि ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.बि.एन.सि.)को सदस्यता अनिवार्य रूपमा लिएको हुनुपर्नेछ ।
३) आगामी कार्यकाल (२०२४-२०२६) को लागि हुन गईरहेको निर्वाचनमा डिसेम्बर १५, २०२४ सांझ ५ बजेसम्म ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.बि.एन.सि.)को सदस्यता लिएका महानुभावहरू मात्र निर्वाचनमा चुन्न र चुनिनको लागि योग्य हुनुहुनेछ ।
४) डिसेम्बर १६, २०२४ का दिन दिऊसो ३ः०० बजेसम्म ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.बि.एन.सि.)को सदस्यता लिएका महानुभाबहरूको नामावली माथि छानबिन गरी (जि.बि.एन.सि.)को कार्यसमितिले पूर्ण सदस्यहरूको विवरण डिसेम्बर १६, २०२४ का दिन सांझ ४ः०० बजेसम्म निर्वाचन समितिलाई बुझाई सक्नुपर्ने छ ।
५) ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.बि.एन.सि.)को कार्यसमितिले बुझाएको सदस्यता नामावलि निर्वाचन समितिले डिसेम्बर १६, २०२४ का दिन सांझ ५ बजे निर्वाचन समितिको कार्यलयमा तथा (जि.बि.एन.सि.) को आधिकारिक फेसवूक पेजमा प्रकासित गर्नेछ ।
६) डिसेम्बर १६, २०२४ का दिन सांझ ५ः०० बजेदेखि डिसेम्बर २१, २०२४ का दिन दिऊसो ३ः०० बजेसम्म उम्मेद्वारी दिन सकिनेछ । कार्यलय नखुलेको समयमा निर्वाचन समितिका सदस्यहरूलाई सम्पर्क गरेर बुझाऊन सक्नुहुनेछ । डिसेम्बर २१, २०२४ का दिन मध्यान्न १२ बजेदेखि निर्वाचन कार्यलय खुला रहनेछ ।
७) डिसेम्बर २१, २०२४ का दिन दिऊसो ३ः३० बजे उम्मेदवारहरूको नामावाली प्रकाशन गरीनेछ ।
८) डिसेम्बर २१, २०२४ का दिन सांझ ४ः०० बजेदेखि सांझ ६ः३० बजेसम्म उम्मेदारहरूको नामावली माथि दावी विरोध गर्न पाईनेछ ।
९) डिसेम्बर २१, २०२४ का दिन सांझ ७ बजे उम्मेदारहरूको अन्तिम नामावली प्रकाशित हुनेछ ।
१०) डिसेम्बर २२, २०२४ का दिन ११ बजेदेखि सांझ ४ बजेसम्म निर्वाचन हुनेछ ।
११) निर्वाचन हुने स्थान:-
शिवालय मन्दिर
407R Mystic Ave,Medford, MA02155
१२) डिसेम्बर २२, २०२४ का दिन निर्वाचन सम्पन भएपछि मतगणना र घोषणा गरिनेछ ।
१३) निर्वाचन समितिको कार्यलय
पशुपतिनाथ बुद फाऊण्डेसन अफ न्यू ईग्लांण्डको भबन
594 Washington St
Braintree MA 02184
United States मा तोकिएको छ ।
१४) उम्मेदवारी शुल्क अध्यक्ष $५००.००, वरिष्ठउपाध्यक्ष, उपाध्यक्ष, महासचिब, सचिब, कोषाध्यक्ष र सह कोषाध्यक्ष $३००.०० तथा सदस्यहरूलाई $१००.०० तोकिएको छ ।
१५) जि. बि. एन. सि.को संशोधित विधान २०२४ अनुसार उम्मेदवारी फिर्ता लिदा उम्मेदवारी शुल्क फिर्ता पाईने छैन्, तथा सचिवालयका उम्मेदवार बन्नको लागि अमेरिकामा दर्ता भएको कुनैपनि सामाजिक संस्थाको सचिवालयमा नभएको हुनुपर्नेछ ।
१६) निर्वाचनसंग सम्बन्धित सम्पूर्ण कागजात निर्वाचन समितिको कार्यलयबाट प्राप्त गर्न सकिने छ ।
१७) निर्वाचन सम्बन्धित कुनै विषयहरूको अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन समितिमा रहनेछ ।
धन्यबाद ।
ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.बि.एन.सि.)
निर्वाचन समिति २०२४
निर्वाचन समिति र सम्पर्क:-
[email protected]
डा. उषा शर्मा
सदस्य – निर्वाचन समिति
1 (857) 207-8280
विष्णुमणि आचार्य
सदस्य- निर्वाचन समिति
1 (781) 962-1976
मिलन कुमार कार्की
संयोजक – निर्वाचन समिति
1 (781) 467 8927
प्रतिक्रिया