मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नागरिकता खोई अभियानले भन्यो- ‘नेपालीलाई विदेशी वनाउने अधिकार कसैलाई छैन’

नागरिकता खोई अभियानले भन्यो- ‘नेपालीलाई विदेशी वनाउने अधिकार कसैलाई छैन’


काठमाडौं- विदेशमा वस्ने नेपालीको नागरिकता निरन्तरता राज्यको आवश्यकता हो कि विदेशमा रहेका नेपालीको ? नागरिकता खोई अभियानका वासु घिमिरेले कांग्रेस नेताहरुसंग राखेको प्रश्न हो यो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लगायत यसै साता नेपाली काँग्रेसका नेतासंग नागरिकता खोई अभियानले आफ्ना भनाई प्रस्ततु गरेको थियो । उक्त अवसरमा नागरिकता खोई अभियानका घिमिरेले सन् १९९० को दशकमा नेपाली पासपोर्ट लिन सहजीकरण गरेको कांग्रेस पार्टीले नागरिकताको निरन्तरताको अभियानलाई आत्मसात गर्न आग्रह गरे ।

अहिले सुस्त भएको नेपालको आर्थिक र सामाजिक विकासलाई गति दिन विदेशमा वस्ने नेपालीलाई नेपाल आएर बस्ने वातावरण वनाउनुको विकल्प नरहेको घिमिरेले वताए । नेपाली नागरिक दैनिक सयौंको संख्यामा विदेश गईरहेका छन् किन गईरहेका छन् यसको अध्ययन गरौं, ति फर्किएनन भने के हुन्छ, त्यहां कमाएको पैसा र सिप लिएर आए नेपालमा के असर गर्छ यो पनि अध्ययन गरौं घिमिरेले भने त्यसपछि थाहा हुन्छ नागरिकताको निरन्तरता राज्यको वाध्यता हो ।

वाध्यतावश विदेश पुगेका वंशजका आधारमा नेपाली नागरिकता लिएका नेपालीलाई विदेशी नागरिक वनाउने अधिकार कसैलाई नभएको घिमिरेले दावी गरे ।

नेपाली काँग्रेसको पूर्व आप्रवासी विभागले विदेशमा रहेका गैर आवासीय नेपालीलाई नेपालसंग कसरी जोड्न सकिन्छ भनेर आफ्नो अभियान अन्तर्गत सुझाव संकलन गर्न प्रारम्भ गरेको छ । त्यसै क्रममा यस विभागका संयोजक दिनेश कोइराला र सदस्यहरुले नागरिकता खोइ अभियानका गैरआवासीय नेपालीहरुसंग छलफल गरेका छन् ।

केही दिनअघि नागरिकता खोईका संयोजक घिमिरले कांग्रेस महामन्त्री शर्मा, लगायत अन्य फोरममा पनि नागरिकताको निरन्तरताका लागि आग्रह गरेका थिए ।

विदेशमा वस्ने नेपालीले आजसम्मको इतिहासमा नेपाललाई हानी हुने कुनै पनि काम गरेका छैनन् घिमिरेले भने तर, वंशजको नागरिकता भएका नेपालीलाई समेत विदेशी वनाएर राज्यले ठुलो अवसर गुमाईरहेको छ । अहिलेको अवस्थामा विदेशमा जन्मेका नेपालीका संन्तान जुन नेपाली नै हुन उनीहरुले नेपालमा सानो जागिर पनि खान पाउंदैनन यो अवस्थामा उनीहरु कसरी नेपाल फर्किन्छन् ।

नागरिकता खोई अभियानले नागरिकता निरन्तरताका लागि अभियान चलाईरहेको छ । यस क्रममा नागरिकता समाज, राजनीतिक पार्टीका नेता लगायतलाई यसको आवश्यकताको वारेमा आफ्ना भनाईहरु राख्दै आएको छ ।

नेपाली नागरिकताको निरन्तरताले बार्षिक २०० खर्ब रुपैंया भन्दा भन्दा वढी नेपाल भित्रिने तथ्यांक छ । यसवाट हज्जारौं रोजगारका अवसर सृजना हुने र नेपालको बजारपनि थप चलायमान हुने छ ।

नेपालमा उपयुक्त रोजगारका अवसर नहुदां दैनिक संयौं नेपाली युवा विदेशीरहेका छन् । यसले गर्दा बजारमा माग समेत कम भएको छ ।