मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

चितवनेको पिकनिक ड्यालसमा : एकहजार पाँचसयजना भन्दा धेरैको सहभागिता

चितवनेको पिकनिक ड्यालसमा : एकहजार पाँचसयजना भन्दा धेरैको सहभागिता

भरतपुरलाई लडाउँदै रत्ननगरले जित्यो डोरी तान्ने खेल


एभरेष्ट म:म यूलेसले प्रायोजन गरेको पहिलो पुरस्कार १ हजार डलर बराबरको ल्यापटप शरदबाबु पंगेनीलाई हस्तान्तरण गर्दै

ड्यालस (अमेरिका) । चितवन जिल्लाबाट अमेरिकाको टेक्ससमा आएर बसोबास गरेका नेपालीहरुको पिकनिक आइतबार ड्यालस फोर्टवर्थको ग्रेपभाइन लेकमा भएको छ ।

एक आपसमा परिचय गर्ने र आउँदै गरेको बडादशैंको शूभकामना आदान प्रदान गर्नका लागि आयोजना गरिएको पिकनिकमा एकहजार पाँचसयजना भन्दा धेरैको सहभागिता भएको रजिस्ट्रेसनबाट देखिएको पिकनिक संयोजक सुशील क्षेत्री जनाएका छन् । बिहान ८ बजेदेखिनै सुरु भएको पिकनिकमा गीत संगीत, खेलकुद समेत आयोजना भएका थिए । चितवनको संस्कृति झल्काउने परम्पराग नाचले पिकनिकमा अलग्गै रौनकता थपेको थियो । चौधरीहरुले छुट्टै भेषमा नाच प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सहभागीहरुका लागि एभरेष्ट म:म यूलेसले प्रायोजन गरेको ल्यापटप र यूलेसमा रएको रिहाना कलेक्सन बुटिकले प्रायोजन गरेको चिठ्ठा समेत खोलिएको थियो । एभरेष्ट म:म यूलेसले पहिलो पुरस्कार १ हजार डलर बराबरको ल्यापटप शरदबाबु पंगेनीलाई परेको थियो भने बुटिकले प्रायोजन गरेको दोस्रो पुरस्कार २०० डलरको मन्दिरा आचार्य र तेस्रो पुरस्कार १०० डलरको राजेश अधिकारीलाई परेको थियो ।

चितवनबासीको पिकनिक भनिएपनि चितवनमा जन्मिएर अन्य जिल्लामा बसाई सरेका, हाल चितवनलाई कार्यक्षेत्र बनाएका, चितवनमा जन्मिएर अन्य जिल्लामा बिहे गरेका चेलीबेटी, ज्वाई, भाञ्जाभाञ्जीहरुलाई समेत सहभागी गराईएको थियो । साथै अन्य जिल्लाबाट अमेरिका आएकाहरु पनि सहभागी भएका थिए ।

कार्यक्रममा भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच भएको डोरी तान्ने प्रतियोगितामा रत्ननगरले जितेको थियो । भरतपुर टिममा रहेकाहरुलाई तानेर अधिकांशलाई लडाउँदै रत्ननगर विजयी भएको थियो ।

त्यस अवसरमा युलेस सिटीका उपमेयर टीका पौडेलले सबैलाई मनोरञ्जन गराउने र चिनजानका लागि पिकनिक आयोजना गरिएको बताए । पिकनिक निशुल्क रहेको थियो । पिकनिकमा सहभागी हुनका लागि दर्ता भएकाहरुलाई युलेस स्थित एभरेष्ट ममले एक प्लेट किन्दा अर्को प्लेट सित्तैमा कुपन समेत उपलव्ध गराएको थियो ।