मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
टेक्सस   

मुनाको सन्दिग्ध हत्यारा बबीसिंहको जमानत अदालतद्वारा अस्वीकार (भिडियो सहित)

मुनाको सन्दिग्ध हत्यारा बबीसिंहको जमानत अदालतद्वारा अस्वीकार (भिडियो सहित)

तस्बिर: सामाजिक संजाल

टेक्सस (अमेरिका)- मुनाको हत्या अभियोगमा गिरफ्तार बबी सिंह शाहलाई आज अदालतले धरौटीमा छोड्न अस्वीकार गरेको छ भने उनको पासपोर्ट लगायतका कागजात प्रहरीलाई बुझाउन आदेश भएको छ।

आज ह्यारिस काउण्टी क्रिमिनल जस्टिस सेन्टरमा नेपाली समुदायको तर्फबाट मुनाको न्यायको लागि नेपाली समुदायको दबाव अभियानमा सक्रिय नेप्लिज एशोसियसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले हिमालय खबरलाई उक्त जानकारी गराएका हुन्। उनका अनुसार अब अर्को पेशी तीन महिनापछि डिसेम्वर ३, २०२४ मा तोकिएको छ।

Advertisement

यसै बीच मुनाकी आमा अनिता अधिकारी/पाण्डेले अमेरिका आउन भिसा पाएकीछन् भने मुनाको फ्यूनरलका लागि टेक्सस सरकारबाट प्राप्त हुन सक्ने खर्च भुक्तानीका लागि समेत ह्युस्टन पुलिस डिपार्टमेण्टले आवश्यक प्रक्रिया शुरु गरिसकेको समेत गौतमले हिमालय खबरलाई जानकारी दिएकाछन्।

शेयर गर्नुहोस:

10.4k
Shares