मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   

अमेरिकाको हवाईमा डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

अमेरिकाको हवाईमा डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

लस एन्जलस । हवाईको माउइ टापूमा आएको भीषण आँधीबेहरीका कारण लागेको डढेलोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

माउ काउन्टीले बुधबार साँझ वेबसाइटमा पोस्ट गरिएको एक विज्ञप्तिमा भनेको छ, “आगो निभाउने प्रयास जारी रहँदा सक्रिय लाहैनामा आज ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

Advertisement

विनाशकारी डढेलोका लागि डोरा आँधीबाट आएको तीव्र हावाहुरी जिम्मेवार मानिएको छ । आँधीका कारण पर्यटकीय स्थल लाहैनाका केही भागहरू नष्ट भएका छन् ।

काउन्टीका अनुसार दुई हजार १०० भन्दा बढी मानिस रातभर चारवटा आपतकालीन आश्रयस्थलमा बसेका थिए भने अन्य दुई हजार पर्यटक स्थानीय विमानस्थलमा आश्रय लिइरहेका थिए ।

डढेलो अझै दन्किरहेकोे र उद्धार टोलीले प्रभावित स्थानको लेखाजोखा गरिरहेकाले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाईमा लागेको डढेलो नियन्त्रणका लागि ‘उपलब्ध सबै सङ्घीय साधन स्रोत’ लाई सहयोगको लागि प्रयोग गर्न आदेश दिएका छन् । सिन्ह्वा

शेयर गर्नुहोस:

243
Shares