मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

बोस्टनमा ‘नेपाल डे’ मनाउन आवश्यक तयारी सुरु

बोस्टनमा ‘नेपाल डे’ मनाउन आवश्यक तयारी सुरु


बोस्टन (अमेरिका)-अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा नेपाली भाषी समुदायले ‘नेपाल डे’ (Nepal Day) मनाउन आवश्यक तयारी सुरु गरेको छ। ‘नेपाल डे’ कार्यक्रम बोस्टन स्थित नेपाली भाषी समुदायहरुको संस्था ‘ग्रेटर बोस्टन नेपाली समुदाय'(जिबिएनसी) र एभरेट सिटीको संयुक्त आयोजनामा गर्ने गरी तयारी थालिएको हो। आयोजकले जनाए अनुसार, यही आउदो अगष्ट ६ तारिख आइतवारका दिन एभरेट सिटी स्थित ग्लेन्डल(Glendale Park) मा विविध कार्यक्रम गरी ‘नेपाल डे’ मनाउन लागिएको हो।

‘नेपाल डे’ मार्फत बोस्टनवासी नेपाली भाषी समुदायलाई भरपुर मनोरञ्जन दिलाउनुका साथै संगठित गर्नु, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, पहिरन, खानपिन आदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्नु र समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्यानु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ।

आयोजकले जनाए अनुसार, कार्यक्रममा नेपालका चर्चित कलाकार तथा स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक विविध साँगीतिक कोसेलीहरु पस्किने भएका छन् भने, नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरु र नेपाल र नेपालीपन तथा पहिचान झल्काउने स्टलहरुको पनि व्यवस्था गर्ने गरी आवश्यक तयारी थालिएको जिबिएनसीका उपाध्यक्ष सन्दिप भट्टराइले जानकारी दिएका छन्। उनले कार्यक्रमलाई सफल बनाउन सबै नेपाली भाषी समुदायको सहयोग र सद्भावको खाँचो औल्याउदै कार्यक्रममा सहभागी भइदिन आयोजकको तर्फबाट सबैलाई अनुरोध गरेकेका छन्। कार्यक्रमको बारेमा जानकी दिने क्रममा सबैलाई निम्तो दिदै संस्थाका उपाध्यक्ष भट्टराईले भने, ‘कार्यक्रमलाई सक्दो मनोरञ्जनात्मक र नेपालीपन तथा पहिचान झल्काउने गरी तयारी गरिरहेका छौं। कार्यक्रमममा सहभागी भइदिनु हुन सबै नेपाली समूदायलाई आयोजकको तर्फबाट निम्तो दिन चाहन्छु।’

कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनेमा आयोजक विश्वस्त रहेको छ।संस्थाका महासचिव सोनाम शेर्पाको संयोजकत्वमा यस अघि नै कार्यक्रम आयोजक समिति गठन गरी आवश्य तयारीमा जुटिसकिएको उपाध्यक्ष भट्टराईले जानकारी दिएका छन्।

ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसी) ले आफ्नो स्थापनाकालदेखि नै नेपाली भाषी समुदायका बिच उनिहरुकै लागि विभिन्न खाले समुदायिक कार्यक्रमहरु गर्दै आइरहेको छ।