मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
बोस्टन   

एनआरएन अमेरिकाको निर्वाचन सम्पन्न

एनआरएन अमेरिकाको निर्वाचन सम्पन्न

निर्वाचनमा ८२ दशमलव ३१ प्रतिशत मत खस्यो, १६ सय बढी आजीवन सदस्यहरुले मत दिन पाएनन्


अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन सम्पन्न भएको छ।

मतदाताहरुले संस्थाले मतदानको लागि व्यवस्था गरेको अष्ट्रेलियन कम्पनी भेरोको नयाँ प्रविधि ‘फेस भेरिफिकेशन प्रणाली’ प्रयोग गरेर मतदान गरेका थिए। अमेरिकाको पूर्वीय समय अनुसार जुलाई २२ तारिख सनिवार बिहान ८ बजेबाट सुरु भएको मतदान, २४ घण्टापछि अर्थात जुलाई २३ तारिख आइतवार बिहान १० बजे सम्पन्न भएको हो।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार जुलाई २२ तारिख सनिवार बिहान ८ बजेदेखि जुलाई २३ तारिख आइतवार बिहान ८ बजेसम्म मतदान गर्ने समय सिमा तोकिएको भएतापनि, मतदानको प्रक्रिया २ घण्टा ढिलो गरी सुरु भएकाले, निर्वाचन समितिले मतदानको समय सिमा २ घण्टा बढाएर जुलाई २३ तारिख आइतवार बिहान १० बजेसम्म पुर्याएको हो।

निर्वाचन समितिले जनाए अनुसार संस्थाको विधान अनुसार आगामी दुइ वर्षीय कार्यकलका लागि भएको निर्वाचनमा ८२ दशमलव ३१  प्रतिशत मत खसेको छ। यस निर्वाचनमा १६ सय भन्दा बढी आजीवन सदस्यहरु भने मतदान गर्नबाट बन्चित हुन बाध्य भए। उनीहरुको विवरण प्रमाणीकरण गरेर मतदाताको नामावलीमा समावेश नगरिएकाले मताधिकारबाट बन्चित हुनु परेको हो। जसको सर्वत्र जोडतोड आलोचना भइरहेको छ।

निर्वाचन सम्पन्न भएसँगै निर्वाचनको मत गणनाको प्रक्रिया सुरु भएको निर्वाचन समिमिले जनाएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार जुलाई २४ तारिक अन्तिम मत परिणाम सार्वजिक गर्ने कार्यतालिका रहेको छ। यद्यपि, यथासिघ्र निर्वाचन परिणाम सार्वजनिक गर्ने गरी काम भैरहेको निर्वाचन समितिले जनाएको छ।

एनसिसि, अमेरिकाको आगामी दुइ वर्षीय कार्यकालको बागडोर सम्हाल्ने आकाङ्क्षाका साथ अध्यक्ष पदमा उमेदवारी दिएका डिलु पराजुलीले निर्वाचन निर्धारित समयावधि भित्रै सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। विभिन्न उतार चडाउ, आशंका र बाधाअर्चनका बिच पनि निर्वाचन सहज रुपमा सम्पन्न भएको उनको ठम्याइ छ। निर्वाचनमा उत्साहजनक खसेको मत परिमाणले संस्थाप्रति सदस्यहरुको आशा, भरोसा र माया कायमै रहेको पुष्टि गरेको प्रतिक्रिया दिदै पराजुलीले भने, ‘मत सारै उत्साहजनक रुपमा खस्यो। यसले संस्थाप्रति सदस्यहरुको अझै आशा, भरोसा र माया कायमै रहेको पुष्टि गरेको छ।’ निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न भएको जिकीर गर्दै पराजुलीले प्रजातान्त्रिक प्रक्रियाबाट सम्पन्न निर्वाचनको जुनसुकै मत परिणाम आफ्नो लागि स्विकार्य हुने बताए। निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सफलतापूर्वक सम्पन्न गर्न खटिएको निर्वाचन समिति, मतदाताहरु, आफ्ना समर्थ तथा सहयोगीहरु लगायतलाई उनले धन्यवाद व्यक्त गरे।

यसै सन्दर्भमा अध्यक्ष पदका अर्का प्रत्याशी डाक्टर अर्जुन बन्जाडेले निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न आफूहरुले फेश भेरिफिकेशन प्रणाली लागू गर्न गरेको अथक वकालत पश्चात् सोही बमोजिम निर्वाचन सम्पन्न भएको बन्जाडेको प्रतिक्रिया छ। उनले भने, ‘हामीले माग गरे अनुसार नै फेश भेरिफिकेशन प्राणाली लागू गरेर निर्वाचन सम्पन्न भयो। यसमा हामी खुशी छौं।’ मतदाताहरुले मतदानका क्रममा विभिन्न खाले प्राविधिक समस्याहरु व्यहोर्नु परेकोप्रति भने उनले गुनासोसहित असन्तुष्टि व्यक्त गरे।

संस्थाको महत्वपूर्ण हिस्सा आजीवन सदस्यहरु मतदान गर्नबाट बन्चित हुनु परेको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै डाक्टर बन्जाडेले भने, ‘संस्थाको महत्पूर्ण हिस्सा आजीवन सदस्यहरु मतदान गर्नबाट बन्चित हुनु निकै दु:खद र विडम्बनापूर्ण रह्यो।’ निर्वाचनमा जित हार हुनु स्वभाविक नै भएको भन्दै उनले प्रजातान्त्रिक अभ्यासबाट भएको निर्वाचनको मतपरिणाम आफूलाई स्विकार्य हुने प्रतिक्रिया दिएका छन्। उनले निर्वाचनमा मतदान गर्ने, मतदाताहरु, निर्वाचन समिति, सहयोगी तथा समर्थकहरु, सरोकारवाला पक्षहरुलगायत निर्वाचनमा प्रत्यक्ष अप्रतक्ष्य रुपमा भागलिने सबैलाई धन्यवाद दिएका छन्।

निर्वाचन समितिले जनाए अनुसार सम्पन्न निर्वाचनमा १३ हजार ६९१ मतदाता मध्ये ११ हजार २६७ ले मतदान गरेका छन्। जो कुल मतको ८२ दशमलव ३१ प्रतिशत हो ।