मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   
टेक्सस   
मुख्य समाचार   

‘चुनावमा व्यक्तिगत आरोप प्रत्यारोप अस्विकार्य’: विकास उप्रेती

‘चुनावमा व्यक्तिगत आरोप प्रत्यारोप अस्विकार्य’: विकास उप्रेती


अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वरिष्ठ उपाध्यक्षका उम्मेदवार विकास उप्रेतीले चुनावी प्रतिस्पर्धा स्वथ्य हुनुपर्ने बताएका छन् ।

‘निर्वाचनमा स्वथ्य प्रतिस्पर्धा गर्ने हो व्यक्तिगत आरोप प्रत्यारोपमा जानु ठीक होइन’ उप्रेतीले भने ।

Advertisement

आफ्नो समुहका केही उम्मेदवारलाई पार्टीगत रुपमा आरोप प्रत्यारोप गरिएकोमा उप्रेतीले आपत्ति जनाए ।

एनआरएनए अमेरिकाको आगामी नेतृत्वका लागि उम्मेदवारी दिएको डा. अर्जुन बञ्जाडे र अन्य केही उम्मेदवारलाई पार्टीगत रुपमा आरोप लगाउँदै बामपन्थी भनिएकोमा उप्रेतीले कडा आपत्ती जनाएका हुन् ।

हालै लसएन्जलसमा आयोजित एक कार्यक्रममा अन्य उम्मेदवारहरुले यस्तो आरोप लगाएको उप्रेतीले वताए । ‘डा बन्जाडे नेपाली जनसम्पर्क समितिका संस्थापक मध्यका हुन उनी कसरी कम्युनिष्ट हुन सक्छन् ?’ उप्रेतीले प्रश्न गरे-‘ उनी यहाँ नेपाली कांग्रेसको संगठन विस्तारमा योगदान दिएका व्यक्ति हुन् ।’

चुनावमा पार्टीगत रुपमा गलत आरोप प्रत्यारोप लगाउनुनै गलत हो उप्रेतीले भने एनआरएनए समाजिक संस्था हो यहाँ प्रतिस्पर्धा पनि स्वथ्य हुन पर्छ ।

‘अहिले चुनावका सन्दर्भमा अझ केही अन्यौलहरु छन् उप्रेतीले भने जस्तो फेस आईडी नगर्ने कुरा आएको छ यो गर्नु नियम विपरित हो । फेस आईडीको व्यवस्था नभए म र मेरो समूहका साथीहरु उम्मेदवारी फिर्ता गरेर कडा विरोघमा अघि बढ्नेछौ’ उनले भने । नियम विपरित हुने निर्वाचनमा आफु सहभागी हुन नसक्ने उप्रेतीले बताए

शेयर गर्नुहोस:

1.1k
Shares