मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
खेलकुद   
टेक्सस   

‘पञ्चायतकालमा मार्सल आर्ट खेल्न प्रतिवन्धित’

‘पञ्चायतकालमा मार्सल आर्ट खेल्न प्रतिवन्धित’


ड्यालस (अमेरिका) । नेपाललाई बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा स्वर्ण पदक दिलाएका पूर्ब खेलाडी मधुकर राजभण्डारीको पञ्चायतकालमा सरकारलेनै मार्शल आर्ट खेल सर्वसाधारणलाई खेल्न नदिने गरेको स्मरण गरेका छन् ।

पञ्चायतकालमा मार्सल आर्ट प्रतिवन्धित रहेको हुँदा लुकेर खेलमा लाग्नुपर्ने अवस्था रहेको र त्यतिखेर लुकेर तेक्वान्दो खेलमा लागेको उनले उल्लेख गरे । शनिबार टेक्ससको ड्यालसमा राजभण्डारीको सम्मानमा आयोजना गरिएको संक्षिप्त स्वागत कार्यक्रममा उनले पुरानो तथ्यहरु स्मरण गर्दै अहिले खेलकुदको क्षेत्रमा नेपालमा निकै ठूलो परिवर्तन आइसकेको बताए ।

‘त्यतिखेर सेना र प्रहरीभित्र मात्र मार्सल आर्ट खेल खेलाइन्थ्यो । सरकारलेनै सर्वसाधारणलाई मार्सल आर्ट खेल्न रोक लगाएको थियो’ उनले भने । ३७ वर्ष अघि सन् १९८६ मा तेक्वान्दो खेल्न उनी पहिलोपटक अमेरिका आएका थिए । त्यतिखेर आफूलाई अमेरिकामै बस्न साथीभाई, आफन्तहरुले सल्लाह दिएको भएपनि खेलकुदमा केही गर्ने हुटहुटीले गर्दा नेपालमै फर्किएको चर्चा गरे ।

पञ्चायतको अन्तिम समयताका तत्कालिन अधिराजकुमार धीरेन्द्र, जगत गौचनको पहलमा मार्सल आर्ट खेल सर्वसाधारणमा खुल्ला गरिएपछि धेरैनै विकास भएको हो ।

आफ्नो फ्लाइवेट समूहमा सधैं भरि स्वर्णपदक जित्ने राजभण्डारीले खुट्टामा चोट लागेपछि बिक्रम सम्वत २०५५ बाट खेल क्षेत्रबाट सन्यास लिएका थिए । अमेरिका आएको मौका पारेर पूर्ब खेलाडी तथा शूभचिन्तकहरुले उनको सम्मानमा स्वागत कार्यक्रम राखेका हुन् ।

कार्यक्रममा एनआरएनएका महासचिव गौरीराज जोशी, चलचित्र निर्देशक शैलेसराज आचार्य, जनसम्पर्क समितिका नेता हरिबोल भण्डारी, एनआरएनए टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापा लगायतले राजभण्डारीलाई खादा होढाएर स्वागत गरेका थिए ।