मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पूर्वी चितवनको विकास गर्न चुनावी मैदानमा आएको हुँ : डा. पौडेल

पूर्वी चितवनको विकास गर्न चुनावी मैदानमा आएको हुँ : डा. पौडेल


चितवन । नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं १ का लागि प्रतिनिधिसभा सदस्य पदका उमेदवार डा. विश्वनाथ पौडेलले पूर्वी चितवनको विकासका लागि आफू चुनावी मैदानमा आएको बताएका छन् ।
राष्ट्रिय योजना आयोगका निर्वतमान उपाध्यक्षसमेत रहेका उनले आफू निर्वाचित भएपछि पूर्वी चितवनमा विकास भित्र्याउने बताए । चुवानी अभियानअन्तर्गत रत्ननगर–१३, जयमंगलामा आयोजित कोणसभामा उनले भरतपुरमा सीमित रहेको विकासलाई जनताले अनुभूति गर्नेगरी पूर्वी चितवनमा ल्याउने जिकिर गरे ।
‘एमालेका सुरेन्द्र पाण्डेले दश वर्षमा यहाँ केही गर्न सकेनन्’ उनले भने, ‘अब यहाँको विकास मैले गर्ने छु ।’ उनले यसअघिका उमेदवारले यो क्षेत्रको विकास गर्न नसकेको भन्दै यसपटक आफूलाई मतदान गर्न आग्रह गरे । ‘तपाईंहरुले पटक–पटक जिताउनु भयो, विकास केही गर्न सकेनन्’ पौडेलले भने, ‘यहाँको विकासका लागि मलाई मतदान गर्नुस् ।’
उनीसहित प्रदेश सभा सदस्य पदका उमेदवार एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले रत्ननगरको वडा नं १३, १४, १५ र १६ मा घरदैलोका क्रममा जनतासँग भोट मागेका छन् ।
 
भोट माग्न जनताको घरदैलोमा पुगेका डा. पौडेल र खनाललाई स्थानीयले स्वागत गरेका छन् । गठबन्धनको तर्फबाट उमेदवार बनेका पौडेल र खनालले यहाँका चोकचोकमा कोणसभा गरी आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए ।
 
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले मंसिर ११ गतेपछि सुकुमबासीलाई लालपूर्जा वितरणको काम सुरु हुने बताएका छन् ।
 
चुनावी अभियानअन्तर्गत रत्ननगर १३ जयमंगलामा आयोजित कोण सभामा प्रदेश सभा सदस्य पदका उमेदवार खनालले रत्ननगरका अधिकांश सुकुमबासीलाई निस्सा वितरण गरिसकिएको र चुनाव सकिएलगत्तै लालपूर्जा वितरण गर्ने बताए । सम्भवतः मंसिर ११ गतेबाट लालपूर्जा वितरणको काम सुरु गर्नेछौं ।
 
निर्वाचित भएपछि जनताले दिएको मतको दुरुपयोग गर्ने भन्दै उनले पदमा हुँदा वा नहुँदा पनि आफू जनताकै सेवामा समर्पित रहने बताए ।