काठमाडौँ । दक्षिण कोरियाले सन् २०२३ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत १ लाख १० हजार कामदार कोरिया लैजाने भएको छ । प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।
कोरियामा भएको मजदुर अभावलाई कम गर्नका लागि यस वर्ष अघिल्ला वर्षहरुभन्दा झन्डै दोब्बर कामदारलाई ल्याउन लागेको हो । नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकिस्तान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार लैजाने गर्छ ।
कोरियाली सरकारले हरेक वर्ष मजदुर नीति निर्धारण समितिमार्फत कोरिया आउने प्रवासी मजदुरहरुको कोटा निर्धारण गर्ने गर्दछ । बैठकमा सरकार, मजदुर र उद्योगीहरूको प्रतिनिधिहरु सहभागी हुन्छन् । सन् २०२३ का लागि तोकिएको १ लाख १० हजार कामदारमध्ये नयाँ कामदार ८९ हजार ९ सय ७० जना तोकिएको छ भने बाँकी २० हजार ३० जना कोरियामा एक कार्यअवधि काम गरेका कामदार हुनेछन् ।
एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा ‘कमिटेड’ कामदारको रुपमा डाक्न सक्ने नियम रहेको छ । कोरियाली भाषा परीक्षा पास गरेर पहिलो पटक कोरिया आउने नयाा कामदारका रूपमा रहने छन् ।






प्रतिक्रिया