अमेरिका । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मीनेन्द्र रिजालले अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले सहरमा जुलाई ३ र ४ तारिखमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको ११औँ साधारण सभामा अतिथिको रुपमा आमन्त्रण गरेकोमा आभार व्यक्त गरेका छन् ।
विशेषगरी विज्ञ भेलामा छलफल गरिने विषयमा आफ्नो गहिरो अभिरुची रहँदा रहँदै पनि व्यक्तिगत र पारिवारिक भ्रमणको कारण साक्षात्कार गर्न र अनुभव साट्न अनुकूल नमिलेको बताएका छन् ।
उनले संविधानले व्यवस्था गरेको गैरआवासीय नागरिकताको विषयलाई चालू संसद् अधिवेशनबाट टुंगोमा पुर्याउन आफ्नो व्यक्तिगत र नेपाली कांग्रेस प्रतिबद्ध रहेको आफ्नो शुभकामना सन्देशमार्फत व्यक्त गरेका छन् ।
अमेरिकाबाट उल्लेख्यरुपमा विप्रेषण आम्दानी पठाएर नेपालको अर्थतन्त्र, राजस्व र परिवत्र्य विदेशी मुद्रा सञ्चितीमा योगदान पुर्याएकोमा उनले प्रशंसा गरेका छन् ।
नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको स्मरण गर्दै उनले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबाट मातृभूमिले धेरै आशा र अपेक्षा गरेको आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
साथै, संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा सबैप्रति बधाई ज्ञापन गर्दै एनआरएनएको साधारण सभाको सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया