रत्ननगर । पूर्वी चितवनको रत्ननगर-१ मा कांग्रेसले खाता खोलेको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका कुलप्रसाद सापकोटासहित प्यानल नै विजयी भएको छ । कुल २२९५ मत खसेकोमा सापकोटाले २२९ को मतअन्तरका साथ वडाध्यक्षमा विजयी भएका हुन् ।
सापकोटाले ९१३ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी एमालेका शालिकराम पराजुलीले ६९३ मत प्राप्त गरे ।
वडामा मेयर र उपमेयरमा गठबन्धन भए पनि वडाध्यक्ष र सदस्यमा दलहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो । यो वडामा सदस्यमा पनि नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
महिला सदस्यमा उमादेवी सुवेदीले ७८३ मत पाएकी छन् भने दलित महिला सदस्यमा बिन्दु मग्रातीले ८०९ मत ल्याइन् । यस्तै, खुला सदस्यमा गिरिराज लम्सालले ७५३ मत र खुला सदस्यमा सूर्यविक्रम चौधरीले ७२३ मत पप्त गरेका थिए ।
यसैबीच, वडा नं १ मा कांग्रेसले खाता खोलेसँगै कांग्रेसका नेता कार्यकर्ताले विजय जुलुस गरी खुसियाली मनाएका छन् । २०७४ सालको निर्वाचनमा पनि कांग्रेसले एक सदस्यबाहेक सो वडामा विजय हासिल गरेको थियो ।
प्रतिक्रिया