मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

उत्पीडिनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्छ : अध्यक्ष यादव

उत्पीडिनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्छ : अध्यक्ष यादव


राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा विभेद र उत्पीडनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । 
 
जनता समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा बुधबार आयोजित कार्यक्रममा उनले नेपाली जनतालाई हरेक समस्याबाट निकास दिन जसपा पार्टी नै रहेको दाबी गरे । 
 
देशमा विकास तथा सुशासन कायम गर्न र राज्यमा रहेको सबैखाले विभेदको अन्त्यका लागि तिनै तहको सरकारको नेतृत्व जसपाले लिनुपर्ने उनले बताए । 
 
देशमा विद्यमान अवस्थामा रहेको बेरोजगारी, प्रतिनिधित्व र नागरिकतालगायत समस्या समाधानको अभिभारा जनता समाजवादी पार्टीको काँधमा आएको बताउँदै अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्ट पार्टी जनताको समस्यालाई समाधान गर्ने दिशामा असफल साबित भइसकेको बताए । 
 
उनले मुलुकमा मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलित, महिलालगायतका समुदायलाई शासन र प्रशासनमा सम्मानजनक प्रतिनिधित्व गराउँदै बेरोजगारी र नागरिकताको समस्या समाधान हुनुपर्ने जोड दिए । 
 
अध्यक्ष यादवले अगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई उपयोग गरी अगाडि बढ्नुपर्ने भन्दै जिल्लाका नेताहरूको योग्यता र क्षमता प्रदर्शन गर्ने बेला आएको बताए । साथै स्थानीय तहको निर्वाचनमा जिल्लाका नेताका योग्यता र क्षमता प्रष्टफुटित हुने उनले बताए । रासस

शेयर गर्नुहोस:

108
Shares