ग्लोबल नेपाली

एनआरएनए संकट, मतदाता सुचीमा आपत्ति करिव २० एनसीसीले चुनाव बहिरष्कार गर्न सक्ने

एनआरएनए संकट, मतदाता सुचीमा आपत्ति करिव २० एनसीसीले चुनाव बहिरष्कार गर्न सक्ने


शेयर गर्नुहोस:

3.9k
Shares

  • change font
  • change font

अमेरिका– गैर आवासीय नेपाली संघ (एनआरएन) निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सुचीमा परेका नाम प्रति आपत्तिका कारण अमेरिका लगायत कयौं एनसीसी औपचारिक रुपमा चुनावमा सहभागी नहुने भएका छन् । 
 
संस्थाको विधान विपरित मनोमानी ढंगले नाम थप घट गरिएको हुदां चुनाव बहिष्कार गर्नेवारेमा करिव २० एनसीसी नेतृत्व विच छलफल भईरहेको छ । 
 
यदी अहिले मनोमानी ढंगले राखिएका डेलिगेट सुचीमा संशोधन नगर्ने हो भने अमेरिकमा लगायत थुप्रै एनसीसीले यो निर्वाचनमा भाग लिदैंनन एनआरएनए एनसीसी अध्यक्ष बुद्धि सुवेदीले भने । 
 
अमेरिका सवैभन्दा बढी सदश्य रहेको एनसीसी हो । एनआरएनएका करिव १ लाख ५ हजार सदश्य भन्दा झण्डै २० हजार अमेरिकाका छन् । अमेरिका एनसीसी अध्यक्ष बुद्धि सुवेदीले अनौचपारिक रुपमा केही महिना अघि एनसीसीहरु विच छलफलको संयोजन गरिरहेका छन् । 
 
एनसीसी र पुर्व अध्यक्षहरुसंग परामर्श गरेर विद्यमान विवाद समाधान गर्न उनले सुझाव दिदैं आएका छन् । 
 
अमेरिकाको डेलिगेट सुचीमा मनोमानी रुपमा ११ जनाको नाम थप गरिएको वताईएको छ । एनआरएनए सदश्यता नम्बर समेत नराखी बैकल्पिकमा ११ जनाको नाम थपिएका प्रति अध्यक्ष सुवेदीले आपत्ति जनाएका छन् । 
 
अमेकिरामावाट एनआरएनएमा काम गरेका योगदान दिएका कतिपयको नाम डेलिगेट सुचीवाट मनोमानी रुपमा हटाईएको सुवेदीले वताए । 
 
डेलिगेट सुचीमा ६ महिना अघि निर्वाचित आईसीसी सदश्यलाई समेत बैकल्पिमा राखिएको छ । अमेरिकावाट डेलिगेटको अन्तिम सुची कसले दियो यो पनि अन्यौल छ । 
 
अमेरिकावाट थप घट गरिएका ११ जना के आधारमा राखियो यसको उत्तर नेतृत्वले माग गरेको छ । 
 
एनआरएनए निर्वाचन समितिले मार्च महिनाको तेस्रो साता चुनाव घोषणा गरेको छ । यस अनुसार मतदाता सुची सार्वजनिक गरिएको हो । 
 
एनआरएनए आईसीसी नेतृत्वले समान्य विवाद समेत सम्वोधन गर्न नसक्दा एनआरएनए संस्था संकटमा परेको छ ।
 
एनआरएनए भित्रको विवादले पटक पटक चुनाव तालिका सर्दै आएको छ  । विवाद यथावत रहेकाले यो तालिका अनुसार निर्वाचन हुन्छ भन्नेमै आशंका छ । यसलाई वर्तमान नेतृत्वका अर्को केटाकेटी निर्णयका रुपमा लिईएको छ । 
 
वर्तमान नेतृत्वले विवादका समान्य विषय आईसीसी चुनावमा मत हाल्न पाउने डेलिगेट चयनका समस्या , परराष्ट्र मन्त्रालयसंग समन्वय गर्न नसक्नु र सरकार विरुद्ध अदालतमा मुद्दा सल्टाउन नसक्दा एनआरएनए संस्था संकटमा पर्दै आएको छ । 
 
वर्तमान नेतृत्वले विवाद समाधानका लागि एक पछि अर्को समिती वनाए पनि समस्या सल्टिएको छैन । यो अवस्थामा वर्तमान कार्यसमिति रहंदा सम्म विवाद सल्टिने अवस्था छिण वन्दै गएको छ ।
 
यो चौथो पटक आएको निर्वाचन तालिकाका अनुसार चुनाव हुन सक्दैन भन्ने थुप्रै शंका छन् । 
 
पहिलो आईसीसीले विवाद समाधानका लागि गठन रहेको उच्च स्तरीय समितिले एनआरएनए एनसीसी जापानको निर्वाचन रद्द गरेको छ । यसमा नयां विवाद सृजना भएको छ । 
 
दोस्रो अमेरिका लगायत केही ठुला एनसीसीले एनआरएनएलाई वुझाउनुपर्ने शुल्क रोकेर राखेका छन् । यो शुल्क नतिर्दा सम्म यहांवाट चयन भएका डेलिगेटले वैधानिकता पाउंदैनन् । यो भएमा ठुला संख्यालाई प्रतिनिधित्व गर्ने एनसीसी चुनावी प्रकृयावाट वाहिर हुने छन् । 
 
तेस्रो अधिकांश देशका एनसीसीले डेलिगेटको सुचीलाई पुर्नसमिक्षा गर्न आवश्यक रहेको हुदां आफुहरुसगं परामर्श गरेर चुनावमा जान सुझाव दिएका थिए । यसलाई आईसीसीले वेवास्ता गरेको छ । 
 
एनसीसी एनआरएनएका मुख्य आधार स्तम्भ भएपनि जिम्मेवार पदाधिकारीले यसको अस्तित्वलाई अविकार्न सकेका छैनन् । एनसीसी नेतृत्वले यस पटक पटक गुनासो गरेपनि सुनुवाई नभएको  वताउंदै आएका छन् । यो सामान्य विषय भएपनि यसलाई सम्वोधन गर्न आईसीसी नेतृत्व असक्षम देखिएको छ । 
 
चुनावको तालिका आए सगैं केही उम्मेदवारले प्रचार प्रसार शुरु गरेपनि केहीले मौन वसेका छन् । पहिले उम्मेदवारी दिने घोषणा गरेकाहरुले प्रचार प्रसार शुरु नगर्दा विगतमा जस्तै यसपटकको चुनाव तालिकाले पहिलेकै नियती भोग्ने संभावना देखिएको हो । 
 
यस अघि अदालतले एनआरएनएको चुनावलाई नरोक्न अन्तरिम आदेश जारी गरेको थियो । यो आदेशले चुनाव गर्न वाटो खुला गरेपछि वर्तमान नेतृत्वले चुनावी तालिका सार्वजनिक गरेको थियो । तर, यो चुनावको मिती विना सुचना रद्द भयो । एक पक्ष चुनावमा सहभागी नहुने वताए पछि चुनावको समय गुज्रेको थियो । 
 
एनआरएनए थुप्रै विवादमा फसेको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालय, आईसीसीका पुर्व अध्यक्षहरु, एनसीसीसंग समन्वय गरेर नजांदा सम्म विवादको निकास छैन । अहिलेकै अवस्थामा चुनाव हुदां एनआरनए भित्र अझै भद्रगोल अवस्था आउने देखिएको छ । 

Advertisement