ग्लोबल नेपाली

एनआरएनए एनसीसी जापानको निर्वाचनमा नेपाल प्रहरीले अनावश्यक रुपमा चासो देखायो

एनआरएनए एनसीसी जापानको निर्वाचनमा नेपाल प्रहरीले अनावश्यक रुपमा चासो देखायो


शेयर गर्नुहोस:

2.2k
Shares

  • change font
  • change font

अमेरिका- प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो अपराध अनुसन्धान तथा अभियोजन शाखाले गैर आवासिय नेपाली संघ (एनआरएनए) मा अनावश्यक चासो देखाउंदै एनआरएनए एनसीसी जापानमा भएको निर्वाचन प्रकृयाको जानकारी माग गरेको छ । 
 
एनआरएनएका पदाधिकारीलाई पत्र पठाएर अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्षलाई पत्र पठाई यस्तो जानकारी माग गरेको हो । 
 
एउटा संस्था इन्फिकेयर प्रालि नागपोखरीका नामपनि संस्थाका नाममा पनि जानकारी दिन पत्र पठाईएको छ ।  एनआरएनए एनसीसी जापानको पछिल्लो निर्वाचनमा विद्युतिय कारोवार ऐन २०६३ अनुसार अपराध गरेको भन्ने निवेदन परेको आधारमा जवाफ मागिएको प्रहरी द्धारा प्रेषित पत्रमा उल्लेख छ । 
 
के कसरी भोटिगं भयो यसको सवै प्राविधिक विषयमा जवाफ दिन भनिएको छ । शाखामा कार्यरत प्रहरी नायव उपरीक्षक ईन्जिनियर दिपेश जोशीले पत्रमा हस्ताक्षर गरेका छन् । 
 
एनआरएनएमा व्यापक विवाद भईरहेको अवस्थामा प्रहरीले अनावश्यक चासो राखेको हो । विवादै विवादले एनआरएनए विघटन तिर गईरहेको छ । 
 
विदेशमा भएका कतिपय एनसीसी उक्त देशको कानुन अनुसार दर्ता भएका छन् । यो अवस्थामा नेपाली कानुन आकर्षित हुन्छ हुदैन, यो पत्रको जवाफ दिन आवश्यक छ छैन यसको अध्यक्ष भईरहेको एक पदाधिकारीले वताए । 
 
यो पत्रको कुनै अर्थ छैन सम्वद्ध अधिकारीले भने यो अर्थ र वर्थ हो । 
 
केही दिन अघि एनआरएनए आपैm सरकारको विरुद्ध अदालतमा मुद्दा दायर गर्न गएको थियो । यो मुद्दा अहिलेपनि अदालतमा विचाराधिन छ । 
 
आफैंले दायर गरेको मुद्दाका कारण एनआरएनए आफैं संकटमा पर्दै गएको छ  । परराष्ट्र मन्त्री डा नारायण खड्काले यो मुद्दा प्रति केही समय अघि अध्यक्ष कुमार पन्तलाई व्यंग्य समेत गरेका थिए । 

Advertisement