मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना सङ्क्रमण

अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना सङ्क्रमण


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 
 
स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । 
 
‘उहाँको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुका पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ’, उनले भनिन्, ‘अहिले उहाँ निवासमा बसेर स्वास्थ्य लाभ लिइरहनुभएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहको छ ।’
 
चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकाले उनका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ । 
यस्तै, अर्का नेता श्रेष्ठलाई पनि शुक्रबार पिसिआर परीक्षण गर्दा सङ्क्रमण देखिएको हो ।
 
चिकित्सकको सल्लाहअनुसार नेता श्रेष्ठ १४ दिन आइसोलेसनमा बस्ने उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । रासस