नेपाल

मंगलबार थप २६४ जनामा कोरोना पुष्टि, दुई जनाको निधन

मंगलबार थप २६४ जनामा कोरोना पुष्टि, दुई जनाको निधन


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार ५६६ जनाको पिसिआर परीक्षण गरिएको थियो । 
 
योसँगै नेपालमा पिसिआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख २७ हजार ७६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १७४ पुगेको छ । पछिल्लो समय थप २६० जना कोरोनाबाट निको भएका छन् । 
 
योसँगै कोरोनाबाट मुक्त हुने सङ्ख्या आठ लाख ११ हजार २६५ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । 
 
त्यसैगरी, पछिल्लो समय दुई लाख ८३ हजार २६५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९१० छ । रासस