मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेसभित्र आपसी सद्भाव र एकतालाई मजबुद बनाउन जरुरी छ : वरिष्ठ नेता पौडेल

कांग्रेसभित्र आपसी सद्भाव र एकतालाई मजबुद बनाउन जरुरी छ : वरिष्ठ नेता पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसभित्र आपसी सद्भाव र एकतालाई मजबुद बनाउन जरुरी रहेको बताएका छन् । 
 
वरिष्ठ नेता पौडेलले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित साथीहरुका बीचमा पार्टीलाई थप एकताबद्ध र सुढृढ बनाएर लैजाने जिम्मेवारी रहेको बताए । 
 
“आगामी निर्वाचनमा पार्टीका नीति र विचारहरु जनतासमक्ष पु¥याउने र निर्वाचनमा जनताको मत जित्ने चुनौती उत्तिकै छ”,  उनले भनेका छन् । वरिष्ठ नेता पौडेलले पार्टीका साथीहरुले ‘रामचन्द्रजी अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन, जोगिएर रहनुपर्छ’ भनेको हुनाले आफू प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेको बताउँदै राजनीतिक यात्राबाट भने विश्राम नलिएको उल्लेख गरे । 
 
उनले महाधिवेशनबाट विजयी भएका नेताहरुलाई बधाई एवं शुभकामना दिँदै उपविजेतालाई भविष्यको चुनौतीका निम्ति क्रियाशील रहन आग्रह गरेका छन् । नेता पौडेलले आफू जुनसुकै अवस्थामा रहे पनि राष्ट्रमा स्थायित्व, सुशासन, विकास र समतामूलक समाज निर्माणका लागि आफ्नो प्रयत्न जारी राख्ने बताएका छन् । रासस

शेयर गर्नुहोस:

108
Shares