मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनले पायो ७५ वर्षपछि पाँच जना केन्द्रीय सदस्य

चितवनले पायो ७५ वर्षपछि पाँच जना केन्द्रीय सदस्य


चितवन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा चितवनबाट उमेदवारी दिएका १३ जना केन्द्रीय सदस्यमध्ये चितवनका पाँच नेताले केन्द्रीय सदस्यमा बाजी मारेका छन् ।
 
विगत ७५ वर्षको इतिहासमा चितवनले एकैजना पनि केन्द्रीय सदस्य पाएको थिएन ।
 
चितवनबाट खुलातर्फ युवा नेता दिनेश कोइराला निर्वाचित भएका छन् । यस्तै, आदिवासी जनजातितर्फ कांग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरूङ र उमेश श्रेष्ठ विजयी भएका छन् ।
 
यसैगरी आदिवासी जनजाति महिलातर्फ युवा नेतृ अञ्जनी श्रेष्ठ निर्वाचित भएकी छन् । यस्तै, दलित महिलातर्फ शान्ति परियार निर्वाचित भएकी छन् ।

शेयर गर्नुहोस:

513
Shares