मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेसको नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक : नेता पौडेल

कांग्रेसको नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक : नेता पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा युवा पुस्ता आउनु सकारात्मक भएको बताएका छन् । 
 
पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासीसमेत रहेका नेता पौडेलले आयोजना गरेको ‘धन्यवाद कार्यक्रम’मा उनले जनतामा युवा पुस्तामाथि ठूलो भरोसा रहेको उल्लेख गर्दै पार्टी नेतृत्व तहमा युवा आउनु सकारात्मक भएको बताएका हुन् । 
 
“निर्वाचनमा हारजित हुनु स्वाभाविक हो, मैले जे खोजेको थियो, त्यो पार्टीभित्र भएको छ, युवापुस्ता पार्टीको कार्यकारी भूमिकामा पुगेको छ, जिम्मेवारीमा पुगेका साथीलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु”, उनले भने ।
 
नेता पौडेलले पार्टीभित्र धेरै परिवर्तन आवश्यक रहेको जनाउँदै विधि, विधानअनुसार व्यवस्थित ढङ्गले कांग्रेस अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । सबैलाई सङ्गठित गरेर पार्टी अगाडि बढनुपर्ने उनको भनाइ थियो ।
 
उनले व्यक्तिका आधारमा नभई पार्टीभित्र नीति र पद्धतिमा प्रतिस्पर्धा हुनुपर्ने बताए । पार्टीभित्र आम एकताको खाँचो रहेको उनको भनाइ थियो । पाको नेतृत्वले युवालाई अगाडि बढाएको जनाउँदै वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले धन्यवादसमेत दिए । रासस
 

शेयर गर्नुहोस:

135
Shares