राजनीति-समाज

रक्षामन्त्री डा रिजालद्वारा राजीनामा

रक्षामन्त्री डा रिजालद्वारा राजीनामा


काठमाडौँ । रक्षामन्त्री डा मीनेन्द्र रिजालले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी मन्त्री रिजालले राजीनामा पेश गरेका हुन् ।  
 
राजीनामा बुझाएपछि उनले अहिले रक्षामन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन् । 
 
“नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु”, नेपाली कांग्रेसका नेता डा रिजालले पोष्टमा भनेका छन् ।  
 
कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दिनुभएका डा रिजालले मतगणनको प्रारम्भिक नतिजा आएलगत्तै राजिनामा दिने निर्णय गरेका हुन् । कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । रासस