मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चर्चामा शेखर कोइराला, गगन सवैभन्दा बलियो

चर्चामा शेखर कोइराला, गगन सवैभन्दा बलियो


एक पटक, यसै पटक । यो नेपाली कांग्रेस सभापति उम्मेदवार शेखर कोइरालाको चुनावी स्लोगन हो । वर्तमान सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धामा इतर समुहवाट को एकजनाले सभापतिमा उम्मेदवारी दिने प्रयास भएको थियो ।  उम्मेदवार दर्ता नगर्दा सम्म शेखर उठ्छन उठ्दैनन भन्नेमा शंका थियो । 
 
तर, जव सभापति पदका अर्का आकांक्षी शशांक कोइरालाले आफुलाई यो दौडवाट अलग गरेपछि शेखरको वाटो खुला भएको थियो । 
 
शेखरको सवैभन्दा ठुलो अवरोध नै शशांक थिए । शशांक र शेखर एउटै पदमा प्रतिस्पर्धा नगर्ने लगभग पक्का थियो । कोइराला परिवारमा शेखरको भन्दा शशांकको पक्ष भारी थियो । बीपी कोइरालाका छोरा भएर पनि शशांक अहिलेका सवैभन्दा बलिया प्रतिस्पर्धी थिए । 
 
कांग्रेस स्थापनाका शुरुका बर्षमा कोइराला परिवार भित्रवाटै नेतृत्वका लागि खिचातानी भएको थियो । यसले कांग्रेसमात्र कमजोर भएन तत्कालिन राजाले खेल्ने मौका समेत पाए । यसपटक दुवैले यो वुझेका थिए । शेरबहादुर देउवाको सवैभन्दा ठुलो प्रतिस्पर्धी हुन सक्ने हैषियत हुदां हुदैं शशांकले दावी छाडीदिए । 
अव के हुन्छ ? देउवा पक्ष्ँधरहरु एक पटकमा उनको ५० प्रतिशत भन्दा वढी भोट आउने दावी गर्छन । तर, धेरेको अनुमान विद्यमान अवस्थामा चुनाव दोस्रो पटकमा जाने संभावना छ । कांग्रेस विद्यानमा सभापती निर्वाचित हुन ५० प्रतिशत भोट ल्याउनु पर्छ । पहिलो चरणमा कसैले ५० प्रतिशत ल्याएन भने पहिलो र दोस्रो हुने विच फेरी चुनाव हुन्छ । 
 
यस पटक दोस्रोमा शेखर आउने धेरैको अनुमान छ  । दोस्रो चरणको चुनाव भयो भने फेरी नयां समिकरण वन्ने छ । यो समिकरण कस्तो वन्छ यसले नै देउवा र शेखरको भाग्यको फैसला हुने छ । 
 
देशमा धेरैको चाहना देउवाले पनि अव राजनीतिवाट अवकास लिउन भन्ने थियो । यसलाई संकेत गर्दै देउवाले उम्मेदवारी पछि भने माग गर्नु होला यसपटक मैले तपाईहरुको चाहना पुरा गर्न सकिन । देउवालाई पावरमा वस्न बानिपरिसकेको छ । उनी त्यहांवाट झर्न चाहंदैनन भन्ने देखाएको छ । यो उनको सवैभन्दा कमजोर पक्ष हो । उनी इमान्दार नेता हुन भन्ने आम वुझाई पनि छैन । उनले छानेका उपसभापती विजय गच्छेदार प्रति पनि आम धारणा सकरात्मक छैन । 
 
तर, कांग्रेसमा यस पटक देखिएको राम्रो पक्ष उद्घाटन सत्रमा मलाई यस पटक जिताईदिनुहोस भन्ने देउवाले आफ्ना कार्यकर्ता सामु पटक पटक हात भने जार्नु पर्यो । यो पुपिल्स पावर र प्रजातन्त्रको विशेषता हो । अहिले गुट उपगुट भएपनि उम्मेदवारमा देखिएको प्रतिस्पर्धाले कांग्रेसलाई चुनाव पछि सम्हालेर लान सकियो भने यो प्रजातन्त्रमा विश्वास गर्नेको जित हुन्छ । अर्को पांचबर्षमा कांग्रेस यस भन्दा वलियो र चुनाव पनि संस्थागत र सहज हुदैं जान्छ । 
 
शेखरसंग तुलनात्मक रुपमा सफा छवि भएको टिम छ । युवा अनुहार धेरै छन् । उनले टिमले आशा जगाउन सक्छ । शेखर भने आफैं कार्यकर्ता माझ त्यत्ति लोकप्रिय छैनन् । उनमा गिरिजाप्रसाद कोइरालाको प्रभाव भने देखिन्छ । शेखरलाई राम्रोसंग चिनेका कोइराला परिवारमा लामो समय विताएका कांग्रेसी भन्छन् शेखरलाई गिरिजाप्रसाद कोइराजा जस्तो वन्छु भन्ने छ । गिरिजाले पनि आफुलाई समस्या पर्दा शेखरलाई उपयोग गर्थे । यो प्रभाव शेखरमा देखिन्छ । 
शेखरका लागि सवैभन्दा ठुलो समस्या दोस्रो चरणमा चुनाव गए प्रकाशमात्र सिंहको समर्थन प्राप्त हुन्छ हुदैंन भन्ने हो । पटक पटक कोइराला परिवारलाई गणेशमान सिंहको परिवारले त्याग मात्र गरेको कुरा प्रकाशमानले पटक पटक उठाएका छन् । उनको आग्रह एक पटक सभापतीका लागि कोइराला परिवारले त्याग गर्नु पर्यो भन्ने थियो । तर, शेखरले मानेनन् । प्रकाशमानको मनमा यो कति गहिरो रुपमा रहन्छ त्यसले उनको समर्थन हुने नहुने निर्भर हुन्छ । 
 
यस पटक उम्मेदवारमा सवैभन्दा बलियो भने गगन थापा नै हुन् । उनले अत्याधिक मत ल्याउने लगभग पक्का छ । उपसभापतिमा कुने गुटमा नपरेका शालिन र बौद्धिक नेता महेश आचार्यले कति भोट ल्याउलान यसले विशेष महत्व राख्ने छ । 

Advertisement

शेयर गर्नुहोस:

6k
Shares