मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

राजनीति गर्ने भए पार्टी खोल्न पूर्वराजालाई अध्यक्ष नेपालको सुझाव

राजनीति गर्ने भए पार्टी खोल्न पूर्वराजालाई अध्यक्ष नेपालको सुझाव


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य र सम्भावना नरहेको बताएका छन् ।  
 
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले पूर्वराजालाई राजनीति गर्ने मन भए दल खोल्न सुझाव दिए । पूर्वप्रधानमन्त्री नेपालले भने, “प्रतिगामी तत्वलाई भन्न चाहन्छु,  नेपालमा राजतन्त्रको कुनै भविष्य छैन, राजनीति गर्ने भए पूर्व राजाले पनि पार्टी खोले हुन्छ, नभए व्यापार गरेर बसे हुन्छ ।”
 
राष्ट्रिय, लोकतन्त्र, समाजवाद, सामाजिक न्याय, समृद्धिको यात्रामा मुलुकका परिवर्तनकारी शक्ति एक जुट हुन सबै राजनीतिक नेतृत्वलाई आह्वान गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यतालाई आत्मसात् गर्न सुझाव दिए । 
 
राजनीतिक दल लोकतन्त्र र विकासका लागि गम्भीर हुन तथा जनता जागरुख हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष नेपालले जनहित र राष्ट्रियताको पक्षमा गम्भीर मन्थन हुनुपर्ने सुझाव पनि दिए । रासस

शेयर गर्नुहोस:

81
Shares