न्यूयोर्क । जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन डिसेम्बर ५ तारिख आइतबारको लागि तय भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने अधिवेशनमा सहभागिताको लागि आह्वान् गर्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले एक अपिल प्रकाशित गरेका छन् ।
विष्टले मातृपार्टी नेपाली कांग्रेसको १४ औ महाधिवेशनको पूर्वसन्ध्यामा अधिवेशन सम्पन्न गर्नका लागि पार्टीको तर्फवाट परिपत्र आएको उल्लेख गर्दै पार्टीका शुभेच्छुकहरु सबैलाई सहभागिताको लागिसमेत अपिल गरेका छन् ।
विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ– अत्यन्तै छोटो र अन्तिम घडीमा अधिवेशन सम्पन्न गर्न परेकोले नेपाली कांग्रेसको विभिन्न तह र निकायमा रही काम गर्देै हाल अमेरिकामा रहेका सबै जिम्मेवारी व्यक्तित्वहरु, जनसम्पर्क समिति अमेरिकाको स्थापनाकालदेखि हालसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरेका अग्रज, विगतमा महाधिवेशन तथा महासमितिमा रहेर काम गरेकाहरु, समितिको केन्द्रीय तथा च्याप्टरमा रहेका तथा क्रियाशील सदस्यहरुलगायत सबैमा सहभागिताको लागि विष्टले अनुरोध गरेकाछन् ।
जनसम्पर्क समिति अमेरिकाका प्रचार विभाग प्रमुख गौतम दाहालले दिएको जानकारीअनुसार अधिवेशनको उद्घाटन सत्रमा महामन्त्री डा शंशाक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य वीरबहादुर बलायर, केन्द्रीय सदस्य गोविन्द भट्टराई, महाधिवेशनको लागि नेपाली कांग्रेसको तर्फवाट केन्द्रीय प्रतिनिधि नारायण सुवेदी, नैनसिंह महरलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन उद्घाटन समारोह न्यूयोर्कको समयअनुसार बिहान ९ बजेलाई तोकिएको छ ।







प्रतिक्रिया