मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रोल्पामा जीप दुर्घटना हुँदा चारको मृत्यु

रोल्पामा जीप दुर्घटना हुँदा चारको मृत्यु


रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ आउँदै गरेको रा१ज ३८२ नंको जीप आज घर्तिगाउँको बजार नजिकै दुर्घटना भएको हो । 
 
दुर्घटनामा परी मृत्यु हुनेमा जीपचालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीय चौसरा विक र १८ वर्षीया लीला पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 
 
लीलाको उपचारका क्रममा रोल्पा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्य तीनजनाको घटनास्थलमै मत्यु भएको हो । मृतक सबै माडी गाउँपालिका–६ का रहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । 
 
त्यसैगरी घाइते हुनेमा माडी गाउँपालिका–६ का बिना घर्तिमगर र सोही वडाका पञ्चना विक रहेका छन् । घाइतेलाई रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले बताएको छ । जीप माडी गाउँपालिका–६ हान्डिङदेखि घर्तिगाउँ आउने क्रममा घर्तिगाउँ बजार नजिकै शहीद मार्गमा दुर्घटना भएको प्रहरीले बताएको छ । रासस

शेयर गर्नुहोस:

27
Shares