मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रवासी नेपाली एकता मञ्चद्वारा नेपालमा स्वास्थ्य सामग्री सहयोग

प्रवासी नेपाली एकता मञ्चद्वारा नेपालमा स्वास्थ्य सामग्री सहयोग


अमेरिका । अमेरिकामा सक्रिय संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाले नेपालका विभिन्न स्थानमा सहयोग गरेको छ । 
 
मञ्चले हिकारू गौतम फाउन्डेसनमार्फत रामेछापको दोरम्बा गाउँपालिकाको स्वास्थ्यचौकीमा दुई थान एसी जडान गर्नुको अलावा सुनापति गाउँपालिकाको १ र २ नम्बर वडामा अक्सिजन कन्सनट्रेटरसमेत प्रदान गरको छ । 
 
प्रवासी नेपाली एकता मञ्च अमेरिकाकी नेतृ सरिता चौलागाईंका स्वर्गीय सुपुत्र हिकारू गौतमको सम्झना र सम्मानमा फाउन्डेसन स्थापना गरी विभिन्न सामाजिक काम गर्दै आएको छ । प्रवासी नेपाली एकता मञ्च अमेरिकाले कोरोना महामारीको बेला अमेरिकाका विभिन्न स्थानहरुमा नेपाली समुदायहरुलाई खाद्यान्न र औषधि वितरण गरेको थियो । साथै नेपालका रौतहटलगायतका जिल्लाहरुमा सहायता प्रदान गरिसकेको छ । 
 
केही समयअगाडि मात्रै पनि हिकारू गौतमको जन्मदिन पारेर हिकारू फाउन्डेसनले प्रवासी मञ्चसँगको सहकार्यमा बारा जिल्लाको निजगढ गाउँपालिकाका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई साइकल तथा नगद समेत हस्तान्तरण गरेको थियो । 
 
रामेछापमा स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गर्न हिकारु फाउन्डेसनका अध्यक्ष, हिकारू गौतमका हजुरबुवा, पुर्व मन्त्री एवं बामपन्थी नेता कमल चौलागाईंद्वारा गरिएको थियो । 
 
सो अवसरमा स्थानीय जनप्रतिनिधिहरु सहित जनसमुदायको सहभागिता रहेको थियो । हिकारू गौतम फाउन्डेसनलाई सहयोग गर्ने क्रममा प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङलगायतको टिमले भूमिका खेलेको जनाइएको छ । 
 
साथ र सहयोगको लागि फाउन्डेसनका अध्यक्ष कमल चौलागाईंले हार्दिक आभार व्यक्त गरेका थिए । प्रवासी नेपाली एकता मंचका अध्यक्ष टेक गुरुङले आफ्नो संस्थाको सहयोगको सही उपयोग गरेकोमा फाउन्डेसनलाई धन्यवाद दिएका थिए । 
 
 

शेयर गर्नुहोस:

135
Shares