मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेसमैत्री सरकारको अनुभूति गर्न सकिएन : अध्यक्ष पोखरेल

प्रेसमैत्री सरकारको अनुभूति गर्न सकिएन : अध्यक्ष पोखरेल


काठमाडौँ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भए पनि त्यसको अनुभूति भने मिडियाले गर्न नसकेको बताएका छन् । 
 
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापासँग भेट गरी अध्यक्ष पोखरेलले प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयक अघिल्लो सरकारकै निरन्तरता भएको जिकिर गरे । 
 
अघिल्लो सरकारले मिडिया विधेयक ल्याउन लाग्दा महासंघले ज्ञापनपत्रसहित सच्याउन आग्रह गरेको थियो । चरणबद्धरूपमा विभिन्न छलफल भएता पनि कार्यान्वयन नभई रोकिएको थियो । अहिलेको सरकारले पनि सोही विधेयकलाई जस्ताको त्यस्तै पारित गरेर ल्याउन खोजेकोले यसमा आपत्ति रहेको पोखरेलले बताए । उनले सरकार परिवर्तन भएको अनुभूति मिडियाले गर्न नपाएको गुनासो गरे । 

 
अध्यक्ष पोखरेलले लोकतान्त्रिक मूल्यमान्यताविपरीत आएको मिडिया विधेयक पत्रकारका लागि मान्य नहुने बताए । प्रेस स्वतन्त्रताको विश्वव्यापी अभ्यासमा आधारित मिडिया विधेयक आउनुपर्नेमा उनले जोड दिए ।  
 
अध्यक्षलगायत सरोकारवालाहरुको भेटघाटका क्रममा मिडिया विधेयकलाई प्रेसमैत्री बनाउन मन्त्री विन्दुकुमार थापा र विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले सकारात्मक प्रतिक्रिया दिएका छन् । सरकार प्रेसमैत्री हुनेमा मन्त्री थापाले प्रतिबद्धता जनाएका थिए । 

Advertisement
 
भेटघाट टोलीमा नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष विकासराज न्यौपाने, पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र प्रदीप काफ्ले, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, कास्कीका अध्यक्ष विमला भण्डारी, न्यूनतम पारिश्रमिक समितिका पूर्वअध्यक्ष गंगाधर पराजुलीलगायत सहभागिता रहेको थियो । 
 

शेयर गर्नुहोस:

459
Shares