मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेप्लिज हेरिटेज युनियनमा नयाँ नेतृत्व

नेप्लिज हेरिटेज युनियनमा नयाँ नेतृत्व


ह्युस्टन, टेक्सस। ह्युस्टनका युवाहरुको संस्था नेप्लिज हेरिटेज युनियन (एनएचयू) नयाँ नेतृत्व चयन भएको छ। हिजो शनिबार ह्युस्टनमा सम्पन्न एनएचयुको चौथो साधारण सभाले कर्ण बोगटीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनिएको हो।
 
यस अघिको कार्यसमितिमा महासचिवको जिम्मेवारीमा रहेका बोगटी एनएचयु स्थापनादेखि नै कार्यसमितिमा रहेर सक्रिय रहँदै आइरहेका छन्।
 
निवर्तमान अध्यक्ष बाबुराम बस्यालको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट महासचिवमा रमा भट्टराई र कोषाध्यक्षमा हरि घिमिरे चुनिएका छन् । यसैगरी निवर्तमान अध्यक्ष बस्यालसहित रहनेगरी बाँकी १२ जना पदाधिकारी र सदस्यहरु पनि तत्कालै मनोनयन भएका छन्। 
 
जसअन्तर्गत दामोदर पङ्गेनी र सागर अर्याल (डालास) उपाध्यक्ष मनोनीत भएका छन् भने सचिवमा झङ्कर कुँवर, कृष्ण भट्टराई र विभु ढकाल छानिएका छन्। त्यसैगरी सहकोषाध्यक्षमा विष्णुमाया ढकाल र छ जना कार्यसमिति सदस्यहरुमा क्रमशः गोविन्द उपाध्याय, प्रतिभा सुवेदी, अशल भण्डारी, विनोद भट्टराई, योगेश निरौला र रुपेश विष्ट मनोनीत भएका छन्।
 
साधारण सभाले एनएचयुको कार्यसमितिलाई आवश्यक सहयोग र परामर्शका लागि संस्थापक अध्यक्ष डा। चण्डी भण्डारी, पूर्वअध्यक्ष विदुर दवाडी, दीपेन्द्र गौतम र जगतबहादुर भण्डारी रहेको एक्सन कमिटी गठन गरेको छ।
 
यसैगरी अनुशासन समिति, शासकीय समिति (गभर्निङ बडी), सल्लाहकार समिति र विभिन्न अतिरिक्त क्रियाकलाप र सामाजिक गतिविधिहरु सञ्चालनका लागि विषयगत संयोजकहरु पनि तोकिएका छन्। निर्वाचन समितिका संयोजक लक्ष्मण भण्डारीले निर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरुको विवरण सुनाएका थिए।
 
साधारण सभामा प्रमुख अतिथि एनआरएनए अमेरिकाको टेक्सस च्याप्टरका उपाध्यक्ष गंगा शर्मा, विशेष अतिथि एवं च्याप्टरका सचिव डा चण्डी भण्डारी, गुल्मी समाजका कार्यबाहक अध्यक्ष लक्ष्मण भण्डारी, अन्तर्राष्ट्रिय साहित्य समाज, टेक्सस च्याप्टरका अध्यक्ष बासु पौडेल, क्रियटिभ नेप्लिज सोसाइटीका अध्यक्ष कृष्ण न्यौपानेलगायत सञ्चारकर्मी सुजन पण्डितले साधारण सभाको सफलताको शुभकामना दिएका थिए।
 
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना गर्न र प्रवासमा रहेका नेपालीहरुलाई एकतावद्ध गर्ने उद्देश्यले ह्युस्टनका युवाहरुले नेप्लिज हेरिटेज यूनियनको नामले सुरु गरेको अभियानले ह्युस्टनमा रहेको सबै नेपाली संघसंस्थाहरुबीच सहकार्य र आपसी एकताका साथ सक्रिय हुन वक्ताहरुको सुझाएका थिए।
 
एनएचयूको गठन नै “कनेक्टिङ नेप्लिज टुगेदर” भन्ने नाराका साथ भएकाले ह्युस्टनका सबै संघसंस्थाहरुसँगको सहकार्यलाई व्यवहारमा नै उतार्ने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष कर्ण बोगटीले दोहऱ्याएका छन्।